काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।
अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिराले ३७ घरमा गम्भीर क्षति पुगेको छ । तीमध्ये १३ घर पूर्ण रुपमा पुरिएका छन् । पहिरामा परेका ३८ स्थानीयमध्ये ११ को शव निकालिएको छ । सभामुख सापकोटासहितको टोलीले आज पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका थिए ।
घटनास्थलबाट तत्काल पाँचजना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइएको थियो । स्थानीयवासीले आफ्नो गाउँमा परेको पीडाबारे सभामुख सापकोटालाई जानकारी गराएको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। पहिरो स्थल पुुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य शुरु गरिएको तथा नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी जारी रहेको छ ।
पहिराका कारण विस्थापित भएकाका लागि तत्काल राहत सामग्री पठाउने काम गरिएको छ । बेपत्ताको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने सभामुख सापकोटाले स्थानीयवासीलाई विश्वास दिलाएका छन्।
भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भूगोलका कारण अझै यस्ता प्राकृतिक विपत्तिका घटना दोहोरिन सक्ने भएकाले सचेत रहन सम्पूर्ण जिल्लावासीलाई सभामुख सापकोटाले अपिल गर्नुभएको छ ।
यसैगरी गए राति कालीकोटको महावै गाउँपालिकामा खसेको पहिरामा परी एकै परिवारका छ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएको खबरले आफूलाई दुःखित तुल्याएको सभामुखले उल्लेख गरेका छन् ।
सिन्धुपाल्चोकका लिदीवासी, कालीकोट र मकवानपुर जिल्लामा पहिरामा परी सिन्धुपाल्चोकको लिदीबाट उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइरहेका चारजना र काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत सभामुख सापकोटाले गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: