Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

गोदावरी नगरपालिकाको कोरोना नियन्त्रणका लागि ३ करोड २८ लाख खर्च

गोदावरी । कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले गत असार मसान्तसम्म इन्धन, खाद्यान्न, मेडिकल सामग्री, रेनकोट तथा मास्क खरिद, खाना, भ्रमणभत्ता, झुल खरिदलगायत शीर्षकमा सो रकम खर्च भएको जनाएको छ । नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा सुदूरपश्चिम प्रदेश सरकारले रु ६६ लाख ४० हजार, सङ्घीय सरकारबाट रु ३० लाख ३८ हजार ३२५, नगरपालिकाबाट रु दुई करोड ५० लाख, नगरपालिका कर्मचारीबाट रु चार लाख ६५ हजार १४, सामुदायिक विद्यालयका शिक्षकबाट रु ११ लाख ६८ हजार ४२० जम्मा भएको थियो ।

बाह्रवन साझेदारी वन व्यवस्थापन समितिबाट रु एक लाख ५० हजार, अत्तरिया साना सहकारी खानेपानीबाट रु ५१ हजार, कञ्चन डेभलपमेन्ट बैंकका प्रबन्धकबाट रु १० हजार तथा विभिन्न सङ्घसंस्थाबाट कोषमा कुल रु तीन करोड ६५ लाख ७५ हजार ७५९ जम्मा भएको थियो ।

नगरपालिकाले स्थापना गरेको कोषबाट नगरपालिका कार्यालयले इन्धन खर्चबापत रु तीन लाख एक हजार ९१४, राहत तथा क्वारेन्टिन खाद्यान्नबापत रु ६६ लाख ९९ हजार ६७३, मेडिकल सामग्री खरिद रु एक करोड छ लाख ४२ हजार ३९८, रेनकोट र मास्क खरिदमा रु १५ लाख ५३ हजार ८६२, भ्रमणभत्ता रु ४२ हजार, झुल खरिद रु छ लाख ८९ हजार र स्यानेटाइजेसनमा रु दुई लाख दुई हजार ५३३ खर्च भएको नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार खाना व्यवस्थापन खर्चअन्तर्गत रु एक लाख ४८ हजार ४५३ खर्च गरेको छ भने कार्यालयले बैठक खर्चबापत सो अवधिसम्ममा रु एक लाख ३५ हजार खर्च भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies