Khabar Dabali Logo
  August 5, Wed

बादल पक्षमा देखियो ३ धार : को कसको पक्षमा ?

छलफलमा ३ धार देखा पर्यो । एक–निशर्त प्रचण्डलाई साथ दिएर जानुपर्छ, दुई–ओलीलाई साथ दिएर जानुपर्छ, तिन– आफ्नै लाईन बनाएर जानुपर्छ भन्ने ।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय आन्तरिक विवादको भुमरीमा रुमल्लिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोगत र निरकुंश कार्यशैलीलाई लिएर पार्टीमा पटकपटक आलोचना भएको थियो ।

ओलीले आफुले अंगालेको गुटगत कार्यशैली सच्याउनुको सट्टा अन्य नेताहरुलाई नै धम्क्याउन थालेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालय र स्थायी समितिका बहुमत सदस्यहरुले दुवै पदबाट राजिनामा मागेका थिए ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक खुल्ला कार्यक्रममा ओलीले आफुलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न भएको आरोप लगाएको पर्सीपल्ट प्रचण्ड लगायतले राजिनामा मागेका थिए ।

ओली पार्टीका सबै तहहरुमा अल्पमतमा परेपछि स्थायी समितिको बैठक राख्नै नमान्ने र राखिहालेपनि बैठकमा उपस्थित नहुने गर्दै आईरहेका छन् ।

पार्टी विवादलाई लिएर प्रचण्ड–नेपाल पक्ष एकाठाउँमा उभिएपनि गृहमन्त्रीसमेत रहेका रम बहादुर थापा बादल भने कहिले ओलीतिर त कहिले प्रचण्डतिर देखिने गरेका छन् ।

थापाले विहिबार आफ्ना समुहका नेताहरुलाई पुल्चोकस्थित सरकारी क्वाटरमा झण्डै ८ घण्टा लामो छलफल गरेको बताइएको छ ।

थापा समुहमै ३ धार, प्रचण्डसँग मिल्नुपर्छ भन्नेहरु अत्याधिक

थापाले आयोजना गरेको उक्त भेलामा हिजो बैद्यसँग फुटेर तात्कालिन नेकपा माओवादी केन्द्रमा एकता गर्दाका नेताहरु जो अहिले नेकपामा केन्द्रिय समितिमा छन् उनीहरुलाई आमन्त्रण गरिएको बताइएको छ । नेकपामा ३५ जना थापा समुहका सदस्यहरु पार्टी केन्द्रिय समितिमा प्रतिनिधित्व पार्टी विवाद र निकासका बारेमा छलफल चलेको एक सहभागीले बताए ।

छलफलमा ३ धार देखा पर्यो । एक–निशर्त प्रचण्डलाई साथ दिएर जानुपर्छ, दुई–ओलीलाई साथ दिएर जानुपर्छ, तिन– आफ्नै लाईन बनाएर जानुपर्छ भन्ने ।

उनका अनुसार स्थायी समिति सदस्यद्वय देव गुरुङ्, पम्फा भुषाल लगायत गरी २९ जना केन्द्रिय नेताहरुले प्रचण्डलाई साथ दिएर अघि बढ्नुपर्ने बताएका थिए ।

यसैगरी ५ नं. प्रदेश प्रदेश गृहमन्त्रीसमेत रहेका कुल प्रसाद केसी सोनाम, थापाका गृहका सल्लाहाकार सुर्य सुवेदी पथिक, पथिककी जिवन संगिनी समेत रहेकी ज्ञानु बस्नेत र प्रेस संगठनका केन्द्रिय संयोजक महेश्वर दाहाल गरी ४ जना नेताहरुले ओलीसँग मिलेर जानुपर्ने र प्रचण्डलाई देखाइदिने बेला आएको बताएका थिए ।

यसैगरी लेखनाथ न्यौपानेले भने ओली–प्रचण्ड दुबै प्रवृतिगतरुपमा बेठिक भएकाले आफ्नै लाईन र नेतृत्व स्थापित गरेर जानुपर्ने बताएका थिए ।

स्वंयम थापा पनि ओलीमा कम्युनिष्ट चरित्र नै नभएको र उनले प्रतिक्रान्ति गर्ने भएकोले प्रचण्डलाई साथ दिनुपर्ने मत राख्दछन् । तर उनलाई सुवेदी र दाहालले कतिपय अवस्थामा दुविधामा हाल्ने गरेका छन् ।

दिलकृष्ण प्रजापति भिष्म,रामदिप आचार्य लगायतका युवा नेताहरुले अनिर्णय र अकर्मन्यताको बन्दी बन्न नहुने बताएका थिए । आचार्यले लडाईको बेलामा बिच बस्न नसकिने भन्दै प्रचण्डलाई साथ दिएर जानुपर्ने बताएका थिए ।

साउन १७ गते, २०७७ - १६:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्सामा मृत्यु भएकी युवतिमा कोरोना पोजेटिभ, पर्सामा मात्रै १३ को मृत्यु

पर्सामा मृत्यु भएकी युवतिमा कोरोना पोजेटिभ, पर्सामा मात्रै १३ को मृत्यु

विरगंज । पर्साको पोखरिया नगरपालिका ९ मा बस्दै आएकी एक १८ वर्षिय युवतिको कोरोना संक्रमणबाट मृत्यु भएको...   
८ फोटोमा हेर्नुहोस् –७८ को ज्यान जानेगरी ४ हजार बढी घाईते भएको लेबनन विस्फोट

८ फोटोमा हेर्नुहोस् –७८ को ज्यान जानेगरी ४ हजार बढी घाईते भएको लेबनन विस्फोट

काठमाडौं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार...   
प्रचण्डलाई ओलीको ठाडो कुरा –कुनैपनि बैठकमा आँउदिन, पदपनि छोड्दिन, सकेको गर्नुहोस् !

प्रचण्डलाई ओलीको ठाडो कुरा –कुनैपनि बैठकमा आँउदिन, पदपनि छोड्दिन, सकेको गर्नुहोस् !

काठमाडौं । गत १३ गतेदेखि संवाद नै बन्द गरेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच...   
फेरि सवारीमा जोर–बिजोर प्रणाली !

फेरि सवारीमा जोर–बिजोर प्रणाली !

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि...   

ओली–प्रचण्डबिच आज पनि छलफल, के पाक्ला बालुवाटारमा ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...   

सप्तरीमा आजदेखि सात दिने निषेधाज्ञा जारी

राजविराज । जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने गरेको...   

प्रधानमन्त्री विज्ञसँगको छलफलमा, के हुन्छ दोस्रो चरणको लकडाउन !

काठमाडौं । सरकारले लकडाउन अन्त्य घोषणापछि कोरोना संक्रमित संख्या बढिरहेको छ । समूदायमा संक्रमण...   
मेलम्चीमा पहिरो ८ वेपत्ता, १ को उद्दार

मेलम्चीमा पहिरो ८ वेपत्ता, १ को उद्दार

File Photo मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने...   
शालिकराम जंगिए –खबरदार ! प्रचण्ड समाधान हुन् कमजोर बनाउन नखोज !

शालिकराम जंगिए –खबरदार ! प्रचण्ड समाधान हुन् कमजोर बनाउन नखोज !

काठमाडौं । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले नेकपा अध्यक्ष प्रचण्ड...   
आफ्नै दुई महिला कर्मचारीबाट कुटिए उपसचिब प्रेम संजेल

आफ्नै दुई महिला कर्मचारीबाट कुटिए उपसचिब प्रेम संजेल

विराटनगर । भ्रष्टाचारको विरोध गरेर चर्चामा आएका उपसचिव प्रेम संजेलमाथि कार्यकक्षमै कुटपिट भएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top