Khabar Dabali Logo
  August 10, Mon

रहस्यमय बन्दै नक्कली सुन काण्ड

काठमाडौं । गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो- कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागे ।’ झोलामा दुई थान चाइनिज पेस्तोलसमेत रहेको पुष्टि भयो ।

आजको राजधानी दैनिकमा खबर छ – तर, सूचना पाएर पिछा गर्दै जाँदा सुन फ्याँकेर भाग्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन । जबकि ठूलो परिमाणमा सुन जस्तै देखिने पदार्थ फ्याँकेर हिँड्ने सवारी साधनलाई प्रहरीले आफ्नो मातहतलाई खबर गरेर तत्कालै पक्राउ गर्न सकेन ।

सुन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएर हतार हतार पत्रकार सम्मेलन डाकेको महानगरीय प्रहरी परिसर काठमाडौंले अन्त्यमा भेटिएकामध्ये साढे १४ किलो सुन नक्कली रहेको र त्यसमा आधा किलो मात्रै सक्कली सुन भएको पुष्टि गर्‍याे । त्यस बखत गाडीमा आएकाहरू प्रहरीको चेकिङ देखेर गाडीबाट झोला फ्याँकेर भागेको प्रहरीले भनेको थियो । तर, बिहीबारसम्म आइपुग्दा प्रहरीले भनेको घटनास्थल नै गलत भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘कमलादीमा झोला फ्याँकेर गाडी भाग्यो भन्ने थियो तर अहिले सुन जस्तो पदार्थ कमलादीमा नभएर सुन्धारामा गाडीबाट फ्याँकेर भागेको देखियो,’ ती प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार घटनास्थलको मुचुल्कामा प्रहरीले झोला फ्याँकिएको स्थान सुन्धारा क्षेत्रलाई मानेको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने प्रहरी अनुसन्धानमा क्राइम सिनलाई नै खोजेर अनुसन्धान गरिने बताउँछन् ।

‘अनुसन्धानका क्रममा घटना सुरु भएको र अन्त्य भएको स्थानसम्मको क्राइम सिन हेरिन्छ, त्यस क्रममा घटनास्थल फरक भएको हुन सक्छ, थप अनुसन्धान हुँदै छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलले राजधानीसँग भने ।

प्रहरीले बिहीबार दिउँसो सुन फ्याँकेर भागेको स्कार्पियोलाई ललितपुर नख्खिपोटबाट फेला पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले बा६च ५५१९ नम्बरको सो स्कार्पियो ललितपुर नख्खिपोटको बन्दै गरेको एक घरमा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।

स्रोतका अनुसार सो स्कार्पियो इनसाद हुसेन अन्सारी र कुल्साद बेगमको नाममा रहेको प्रहरी स्रोतले बताएको छ । तर, सोबारे प्रहरीले आधिकारिक रूपमा खुलाएको छैन । प्रहरीले बिहीबार नै सुन जस्तै देखिने पदार्थ फ्याँकेर भाग्ने तीन जनालाई समेत पक्राउ गरेको छ । उनीहरू पूर्वी नवलपरासीबाट पक्राउ परेको प्रहरीले बताएको हो । पक्राउ पर्नेमा गाडीसँगै फरार भएका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल छन् ।

साउन १६ गते, २०७७ - ०७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिस्चार्ज भन्दा संक्रमित हुने अत्यधिक

काठमाडौं । कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । आजको...   

१७ वर्षीया गर्भवतीकाे हवाइ उद्दार

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार...   

उपत्यकाका ४० प्रतिशत संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला...   
पुरुष संक्रमित ८४ प्रतिशत, पुरुष बढी संक्रमित हुनुको यस्तो छ कारण

पुरुष संक्रमित ८४ प्रतिशत, पुरुष बढी संक्रमित हुनुको यस्तो छ कारण

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन् । आजको अन्नपूर्ण...   

१५ भदौसम्म विद्यालय र लामो दूरीका यातायात नखोल्न सिफारिस

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई...   

कोरोनाको बहानामा मनपरी: सिरानीको एउटा खोलको २८ सय, तन्नाको ८ हजार रुपैयाँ !

काठमाडाैं । सिरहा नगरपालिकाले बज्र मावि र सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसमा क्वारेन्टाइन...   

कोरोना भगाउने दाबी गरेका धर्म प्रचारकको कोरोनाकै कारण मृत्यु

अर्का एकजना जेलमा काठमाडाैं । कोरोना भाइरसको महामारी सुरू हुँदाताका पोखरामा क्रिश्चियन धर्म प्रचारक...   

रेमिटेन्स ३ प्रतिशत मात्र कम

काठमाडाैं । कामका लागि नेपाली युवा जाने गन्तव्य मुलुकहरूमा कोरोना महामारी फैलिएपछि रेमिटेन्स आय...   
भारतले भन्यो– गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको विषयमा शंका छैन

भारतले भन्यो– गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको विषयमा शंका छैन

काठमाडौं । आफ्ना विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भन्दै दिएको अभिव्यक्ति भारतले...   
२८ करोडका चार वटा ‘प्रयोगशाला भ्यान’ तीन महिना पनि नचलाई कवाडी बन्दै

२८ करोडका चार वटा ‘प्रयोगशाला भ्यान’ तीन महिना पनि नचलाई कवाडी बन्दै

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनस्थलमै खाद्यान्नको गुणस्तर परीक्षण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top