Khabar Dabali Logo
  August 14, Fri

घरघरमा खीर खाएर साउने १५ मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाईभैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउछन् । यद्यपि यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिका पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा खीर बनाउँछन् । यस वर्ष साउन १५ गतेका दिन श्रावण शुक्ल एकादशी परेकाले चामलको खीर नखानेले साबुदानाको खीर बनाएर खान्छन् । आजको एकादशीलाई पुत्रदा एकादशीका रूपमा मनाइन्छ । एकादशी व्रत गर्नेले चामलबाट बनेका परिकार खाँदैनन् ।

साबुदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।

नेपाली समाजमा भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

साउन १५ गते, २०७७ - १२:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिदी पहिरो अपडेट :  चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

लिदी पहिरो अपडेट : चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक। लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ...   

मकवानपुर पहिरामा बेपत्ता भएको व्यक्तिको शव फेला

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता...   

सिन्धुपाल्चोकको लिदीमा भीषण पहिरो , हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा...   

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे...   

सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा...   

मकवानपुरको थाहा नगरपालिकामा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो...   

नर्सलाई कोरोना सङ्क्रमण भएपछि भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द ९सिल० गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई...   

सिरहामा कोरोनाका कारण एक पुरुषको मृत्यु

सिरहा । कोरोना भाइरस संक्रमणका कारण सिरहमा थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको...   

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा...   

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देउ : नेपाल राष्ट्र बैंक

काठमाडौंं । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top