Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

सरकारका काम कारवाही पारदर्शी र प्रतिस्पर्धी हुन्छ : मन्त्री खतिवडा

काठमाडौ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारका काम कारवाही पारदर्शी र प्रतिस्पर्धी हुने बताएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यका साथै वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्यायोजना सार्वजनिक गर्दै उनले भने “हाम्रा कारवाहीहरु पारदर्शी हुन्छन्, हाम्रा खरिदहरु प्रतिस्पर्धी हुन्छन् । हामीले गर्ने कामहरु विधिसम्मत र नियमसम्मत हुन्छन् ।”

उनले सञ्चार मन्त्रालयअन्तर्गतका केही काम कारवाहीहरु विगतमा विवादमा आएको भए पनि आगामी दिनमा सबै काम कारवाही पारदर्शी र प्रतिस्धर्पी हुने विश्वास दिलाए ।

कर्मचारीतन्त्र र राष्ट्र सेवकहरु सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गराउने मूल खम्बा रहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले राजनीतिक व्यक्तित्वले सामान्य निर्देशन दिने भएकाले त्यसलाई विधि, कानून र निमयमा रहेर कार्यान्वयन दायित्व कर्मचारीको रहेको बताए । राजनीतिक नेतृत्वले गलत निर्देशन दिन नहुने र त्यस्तो अवस्था आए कर्मचारीतन्त्रले समेत कार्यान्वयन गर्नु आवश्यक नहुने उनको भनाइ थियो ।

सञ्चार मन्त्रालयलाई सबैभन्दा राम्रो साख भएको मन्त्रालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने “२१औँ शताब्दीको सञ्चार र सूचना प्रविधिमा भइरहेको परिवर्तनलाई स्वीकारेर त्यो अनुसारको पूर्वाधार, जनशक्ति र प्रशासकीय तयारी गर्नु जरुरी छ ।”

सरकारको कार्यक्रम कार्यान्वयन गरेर सञ्चार मन्त्रालय पहिलो नम्बरमा पुग्न शुभकामना दिनुहुँदै मन्त्री डा खतिवडाले भने “राम्रो काम गर्नका लागि हौसला दिन चाहन्छु । हाम्रा वार्षिक कार्ययोजना छाप्न र दराजमा थन्क्याउनका लागि मात्रै होइन । कार्यान्वयनका लागि हुन् ।”

मन्त्री डा खतिवडाले आफ्ना काम कारवाहीको नियमित अनुगमन र समीक्षा हुनुपर्ने स्पष्ट पार्दै साप्ताहिक रुपमा आफ्नै कार्यालय भित्र, मासिक रुपमा मन्त्रालयमा, द्वैमासिक औपचारिक रुपमा मन्त्रालयमै छलफल गर्ने र चौमासिक रुपमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लगेर समाधान गर्ने तवरले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “समस्या के हो रु र समाधानका उपाय पनि के हुन् भन्ने तरिकाले आउनुपर्छ । समस्या मात्रै लिएर आयो भने नतिजा निस्कँदैन ।”

उनले सञ्चार तथा सूचना प्रविधिसँग जोडिएको मन्त्रालय भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा हाम्रा सरोकार सर्वाधिक चासोको विषय बन्ने स्पष्ट पारे । सरकारले डिजिटल नेपाल फ्रेमवर्कको नारासमेत कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले त्यो अर्थतन्त्रमा मात्रै नभई शासकीय विषयलाई समेत समेटिएको बताए । डिटिजल नेपालका लागि पूर्वाधार पहिलो शर्त भएको भन्दै उनले जनशक्तिको विकास गर्दै सञ्चार क्षेत्रलाई प्रतिस्पर्धी बनाउने क्रमिक दायित्वलाई पूरा गरिने उल्लेख गरे ।

कार्ययोजनामा नपरेका र दैनिक समस्यालाई हल गरेर जाने भन्दै उनले कार्यसम्पादन करार सम्झौतासमेत छिट्टै अगाडि बढ्ने जानकारी दिए। मन्त्री डा खतिवडाले आफ्नो मूल्याङ्कन आफैँ गर्ने गरी प्रणालीको विकास गर्नसमेत निर्देशन दिए । उनले भने “दिनभरी कार्यालयमा बसेर इन्टरनेटमा मात्रै खेलेर बेलुका घर जाँदा आज मैले तलब खाए बराबर के काम गरे भनेर आफ्नो मूल्याङ्कन गर्ने हो भने त्योभन्दा राम्रो मूल्याङ्कन अरु केही हुन सक्दैन ।”

उनले आफ्नो कार्यकालमा मात्रै नभई भविष्यमा पेन्सनसमेत लिने अवस्थामा समेत सन्तोषका साथ रहने वातावरण बनाउनुपर्ने बताए । मन्त्री डा खतिवडाले भने “भोलि पेन्सन खाइरहँदा मै के काम गरेछु र पेन्सन खान पाएछु भन्दा सन्तोषले मैले राष्ट्रका लागि यति सेवा गरे । त्यसबापत मलाई राष्ट्रले सम्झेको छ भन्न पाइयोस् न ।” उनले आफैँले आफैँलाई मूल्याङ्कन गरेर कमजोरी भएको विषयलाई आत्मसात् गरेर अगाडि बढ्दा त्यसले सर्वोपरी हित गर्ने र सोही दिशामा केन्द्रित हुनसमेत आग्रह गरे ।

मन्त्री डा खतिवडाले आफ्नो तल र माथि दुवैतर्फ जिम्मेवारी भएकाले इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै कार्यसम्पादन अनुसारको भूमिका निर्वाह गर्न सबैलाई ध्यानाकर्षण गराए । चालु आवको नीति तथा कार्यक्रममा मन्त्रालयका नौ र बजेटमा १० वटा महत्वपूर्ण विषय समेटिएका छन् ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव गोकर्णमणि दुवाडीले इमान्दार भएर सरकारको लक्ष्य अनुसारको कार्यसम्पादन गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । उनले सरकारको नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनालाई इमान्दार भएर कार्यान्वयन गर्नसमेत आग्रह गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies