Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

टोलमा गएर पढाउन शुरु

बाजुरा । कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढिनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरु गरिएको छ । नगरपालिका–२ को कोल्टीमा रहेको बूढिनन्दा आधारभूत विद्यालयले टोलमै शिक्षक पठाएर पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक विर्जनबहादुर शाहीले बताए ।

लामो समयको लकडाउनले विद्यालय सञ्चालनमा आउन नसकेका कारण विद्यार्थीको सिकाइमा निरन्तरता दिनका लागि टोल–टोलमा गएर पढाइ शुरु गरेको प्रअ शाहीको भनाइ थियो । असार २ गते सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको थियो । कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा १६५ जना विद्यार्थी यो वर्ष भर्ना भएर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा सात शिक्षक र एक कर्मचारी छन् । सबै आठ जनालाई नै टोलमा परिचालन गरेर पढाइ शुरु गरेको विद्यालयले जनाएको छ । विद्यालय सेवा क्षेत्रभित्रका आठ बस्तीमा पढाइ सञ्चालन गरिएको छ । प्रत्येक बस्तीमा एक एक शिक्षक पुगेर सहजीकरण तथा पढाइ शुरु भएको छ ।

पहिलो चरणमा अभिभावकसहित भेला गराएर अहिले विश्वभरमा फैलिरहेको कोरोना भाइरसपछि विद्यार्थीमा परेको प्रभावका बारेमा सहजीकरण गर्ने गरिएको छ ।

बालविकास केन्द्रदेखि ५ कक्षा सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर पढाइ शुरु गरिएको छ । शहरबस्तीमा नै आएर छोराछोरीको अवस्थाका बारेमा जानकारीका साथै टोलमा भएका सबै विद्यार्थीलाई भेला गराएर सहजीकरण गर्ने गरेको अभिभावक मदन रोकायाले बताए । पहिलो चरणमा टोलमा अनुगमन तथा विद्यार्थीको अवस्थाको बारेमा जानकारी गर्ने, सिकाइमा सहजीकरण र अप्ठयारोमा सहयोग गर्ने रहेको छ ।

त्यस्तै कोभिड १९–ले पारेको सङ्कटका बेला निःशुल्क मनोसामाजिक परामर्श दिने गरेको शिक्षकले बताएका छन् । टोलमा पुगेर पढाइसँगै लेखनसीप सम्बन्धी कला, नियमित हात धुने बानीको विकास तथा सरसफाइ, आत्माबल बढाउने सम्बन्धी जानकारी गर्ने रहेको विद्यालयले जनाएको छ । शिक्षक नै टोलमा पुगेर विद्यार्थीलाई टोलमै पढाउने गरको यो बाजुराको पहिलो विद्यालय रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies