Khabar Dabali Logo
  July 4, Sat

म्याग्दीको राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा

म्याग्दी । दिनहुँजसो परिरहेको बर्सातसँगै पाखोबाट पहिरो खस्न थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती खतरामा परेको छ । राहुघाट सल्लेरी वनको पाखोबाट पहिरो खस्न थालेपछि जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीयवासी लक्ष्मण चालिसेले बताए ।

उनका अनुसार पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन तीन घरले सामान सारिसकेका र अरु पनि सर्ने तयारीमा छन् । राहुघाटमा करिब ३० घरपरिवारका १०० जनाको बसोबास छ । स्थानीयवासीका अनुसार करिब ६० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको पाखोले ठाउँ छाडेर पाँच मिटर तल खसेको छ ।

सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा टेवा पर्खाल नलगाएका कारण पाखो खसेर पहिरो जान लागेको राहुघाटका तमबहादुर छन्त्यालले बताए । पहिरो खसेको ठाउँभन्दा माथि दुई मूल फुटेर पानी बगिरहेको छ ।

कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको छन्त्यालले बताए। पूर्वाधार विकास कार्यालय म्याग्दीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत गत वर्षदेखि राहुघाटबाट पिप्ले–भगवती–बेगखोला जोड्ने सडक स्तरोन्नति शुरु गरेको थियो ।

सोही सडक भत्किएर गएको पहिरोले राहुघाटस्थित भरत मल्ल र बमबहादुर पुनलगायतको खेतबारी पुरिएको छ । मल्लको करिब १०० बाख्रा र ८०० कुखुरा भएको कृषिफार्म पहिरोको जोखिममा परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिसस प्रमुख देवेन्द्र केसीसहित सुरक्षा अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।

स्थानीयवासीलाई घरका महत्वपूर्ण सामान सुरक्षित ठाउँमा सार्न र रातको समयमा त्यहाँ नबस्न आग्रह गरिएको छ । “महत्वपूर्ण सामग्री, कागजात र गरगहना झोलामा ‘स्ट्यान्डबाई’ राखेर जुनसुकै बेला भाग्न सक्ने अवस्थामा रहन आग्रह गरेका छौँ”, प्रजिअ ढकालले भने, “प्रहरीमार्फत सतर्कता अपनाउन सूचित गरेका छौँ ।”

पहिरोको जोखिममा रहेकालाई रातको समयमा राहुघाट पारी गलेश्वरको धर्मशालामा बस्ने व्यवस्था मिलाइएको छ । पहिरोका कारण बेनी–जोमसोम र राहुघाट–पिप्ले–भगवती–बेग सडक जोखिममा परेको छ । राहुघाट हुँदै पिप्ले र गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक अवरुद्ध भएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनियर ओमराज ढुङ्गानाले सडक विस्तारका क्रममा सावधानी अपनाइएको भन्दै सडकका कारणले मात्र पहिरो नगएको तर्क गरे । नजिकै निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको सुरुङ खन्दा हुने विस्फोटको कम्पन र सुरुङबाट निस्कने पानी सडकमा फालिएका कारण पहिरोको जोखिम बढेको उनले बताए । कार्यालयका प्राविधिकहरुको टोलीले समेत पहिरोको निरीक्षण गरेको थियो । थप क्षति हुन नदिन सडकबाट बगिरहेको भललाई व्यवस्थापन गरिएको ढुङ्गानाले बताए ।

असार १६ गते, २०७७ - ०९:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना रोकथामसँगै अर्थतन्त्रलाई पुरानो लयमै फर्काउने काम गरिरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका...   

एघार अन्तर्राष्ट्रिय उडान : अलपत्र परेका एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत...   

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिइने

पटना । भारतको बिहार राज्यले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति...   

कोरोनाबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान...   

मुलुकभर १६ विपद्का घटना : नौ को मृत्यु, २० घरमा क्षति

काठमाडौ । मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ ।...   

रुकुम हत्याकाण्डबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिलाई आग्रह

काठमाडौ । विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित...   

कर्णालीमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २००...   
भोली व्यास जयन्तीमा सार्वजनिक बिदा

भोली व्यास जयन्तीमा सार्वजनिक बिदा

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक...   

कृषकलाई बाँदर धपाउन एयर गन वितरण

अर्घाखाँची । केही वर्षदेखि खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि छत्रदेव गाउँपालिकाले...   

कोरोनाबाट विश्वमा पाँच लाख २९ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top