भक्तपुर । मिलन युवा क्लब, बालकोट र नेपाल रेडक्रस सोसाइटी बालकोट युवा सर्कलको आयोजनामा आज सूर्यविनायक नगरपालिका–२ धारापाटीमा ५९ व्यक्तिले रक्तदान गरेका छन् ।
कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका बेलामा रगतको अभाव हुन नदिन भएको रक्तदानमा युवादेखि दम्पतीसम्मले एकैपटक रक्तदान गरेका छन् । यसअघि २० पटक रक्तदान गरिसका अनिल श्रेष्ठ र १५ पटक रक्तदान गरेकी उनकी पत्नी एवं वडा नं २ की महिला जनप्रतिनिधि कान्छी श्रेष्ठलेसँगै रक्तदान गरेका हुन् ।
अनिलले भने, “हामी श्रीमान् श्रीमतीले धेरैपटक रक्तदान गर्यौ तर सँगै गर्ने अवसर जुरेको थिएन, आज भने दुवैलेसँगै रक्तदान गर्न पाइयो, यसले अरुलाई पनि रक्तदान गर्न हौसला मिल्छ भन्ने अपेक्षा गरेका छौँ ।”
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १४ महिलासहित ५५ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिका–६ स्थित गीता मन्दिर प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दूरी कायम गरी रक्तदान गरिएको उपशाखाका सभापति सोम शर्मा (बजगाईं) ले जानकारी दिए ।
त्यसैगरी बालकोटका युवाले झरीमा पनि आज भक्तपुर र ललितपुरको सिमाना भएर बग्ने गोदावरी खोलामा सफाई गरेका छन् । नदीमा पुनःफोहर जम्मा भएको र खोलामा आएको बाढीले पुलमा ल्याएर फोहर थुपारेपछि लकडाउन र झरीमै नदी सफाइ गरिएको हनुमन्ते सफाइ अभियानमा युवा जयराज पौडेलले जानकारी दिए ।
सरसफाइ अभियानमा मनोहरा सफाइ अभियन्ता चन्द्र दङ्गाल, द रेयुकाई नेपालका पुष्कर गजुरेललगायतका अभियानकर्मीको नेतृत्वमा गोदावरी खोला, ढुङ्ग्रे खोला पुल, दोभान र बाटकोट मटार जाने पुलको सफाइ गरिएको हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: