राँझा । कोरोना महामारी सङ्क्रमण रोकथाममा अत्यावश्यक स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने नेपालगञ्जका दुई औषधि पसललाई जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज न्यूरोडमा रहेको ग्लोबल साइन्टिफिक कर्पोरेशनलाई रु दुई लाख र बिपी चोक नजीक रहेको नेपालगञ्ज सर्जिकल्सलाई रु ६० हजार जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार कर्पोरेशनले केएन ९५ मास्कलाई ३३ प्रतिशत मुनाफा लिएर बिक्री गरेको र इन्फारेड थर्मोमिटर व्यवसायीहरुको मिलोमतोमा मूल्यवृद्धि गरेको पाइएकाले तथा सर्जिकल्सले व्यक्तिगत सुरक्षा कवच (पिपिएई)मा बढी मूल्य लिएर कालोबजारी गरेको पाइएपछि तत्कालका लागि (जरिवाना गरिएको हो । बन्दाबन्दी अवधिमा नेपालगञ्जमा मात्रै संयुक्त अनुगमन टोलीले पाँच औषधि पसललाई कारवाहीस्वरुप जरिवाना गरिसकेको उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए।
एउटै वडामा ४० सङ्क्रमित
बाँकेको जानकी गाउँपालिकाको एउटै वडामा ४० कोरोना सङ्क्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा भारतसँग सीमा जोडिएको जानकी –१ साइगाउँका ४० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सङ्क्रमित सबै १५ देखि ३२ वर्षीय युवा छन् । उनीहरु सबै भारतबाट फर्केर क्वारेन्टिनमा बस्दै आएका थिए गाउँपालिकामा क्वारेन्टिनमा बस्दै आएका १२० जनाको स्वाब परीक्षण गर्दा ४० जनामा सङ्क्रमण देखिएको हो । यसअघि सङ्क्रमित शून्य थिए । एउटै वडामा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि आइसोलेशन व्यवस्थापनमा समस्या भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।
आजै नेपालगञ्ज १२ र १५ मा एकएक गरी दुई जना सङ्क्रमित थपिएका छन् । यससहित बाँकेमा सङ्क्रमितको दुई सय ५५ पुगेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: