Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जनता आवासले बनाउँदै गरेको घरमा भारतको अवरोध

महोत्तरी। भारतले नेपाली भूमिमा निर्माण भइरहेको घरमा अवरोध गरेको छ । दशगजाभन्दा ३० देखि ४० फिटभित्रै नेपालकै भूमिमा बनाउँदै गरेको ३० वटा घरमा ‘नो कन्स्ट्रक्सन जोन’ भन्दै भारतीय सुरक्षाकर्मीले रोक लगाएका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- अतिविपन्न मुसहर समुदायका लागि जनता आवास कम्पनीले दुईकोठे पक्की घर निर्माण गरिरहेको थियो ।

नेपाल सरकारले गाउँ ब्लकको जमिन भनी नापीसमेत गरिसकेर लालपुर्जा मात्र दिन बाँकी थियो । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मधवास्थित दशगजा र वरिपरि गाउँ ब्लककै जमिनमा बसेका ६० मध्ये मुसहर समुदायका ३० घरपरिवारले पुरानो झुपडीको साटो दुईकोठे इँटा र जस्ताले बनेको घर पाउने भएका थिए । तर, भारतको अवरोधपछि उनीहरू निराश बनेका छन् ।

मुसहर समुदाय पुस्तौँदेखि दशगजा र गाउँ ब्लकको जमिनमा बस्दै आएका थिए । नयाँ घर निर्माण नहुँदासम्म भारतले कुनै अवरोध गरेको थिएन । पुरानो घर भएको जमिनमा जग खनेर निर्माण सुरु गर्ने वेलासम्म भारतीय सुरक्षाकर्मीसमेतको उपस्थिति र सहमति रहेको स्थानीयहरूको भनाइ छ । तर, अहिले एकाएक अवरोध गरेको स्थानीयको भनाइ छ ।

स्थानीय श्रीचन सदाले आफूहरूको कैयौँ पुस्ता यही भूमिमा बसेको र हालसम्म पनि दशगजाबाहेक अन्य जग्गामा भारतको अवरोध कहिल्यै नभएको बताए ।धमाधम घर बन्न थालेपछि भएको भारतको अवरोधले आफूहरू निराश बनेको उनको भनाइ छ ।

भारतीय सुरक्षाकर्मीको हर्कत आफ्ना लागि असह्य भएको सदाले बताए । उनले नेपाल–भारतको सीमास्तम्भबाट ३५ देखि ४० फिट जग्गा छाडेर घर बनाउन लागेको बताए । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी समेतको रोहवरमा घर निर्माण सुरु भए पनि भारतीय सुरक्षाकर्मीले गत आइतबार ‘यहाँ घर बनाउन मिल्दैन’ भनेर काम रोकेको सदा बताउँछन् ।

पिलर नम्बर ३०४–२२, ३०४–२३, ३०४–२४, ३०४–२५ र ३०४–२६ को मध्यमा अवस्थित तीन कट्ठा १० धुर जग्गामा निर्माण थालिएको ३० वटा घर प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्रमअन्तर्गत बनाउन लागेको हो ।

भारतसँग घर निर्माण रोक्ने आधार छैन : सहरी विकास तथा भवन कार्यालय
सहरी विकास तथा भवन कार्यालयका प्रमुख विनोद यादवले भारतीय सुरक्षाकर्मीले बन्दै गरेको घरको निर्माण रोक्नुपर्ने आधार नभएको बताए ।

उनले गाउँ ब्लकको जग्गा नेपाल सरकारले नापीसमेत गरेर लालपुर्जा वितरणका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए ।

निर्माण भइरहेको घर दशगजाभन्दा निकै पर रहेकाले भारतले निर्माण रोक्नुको कागजी आधार कुनै नभएको उनको भनाइ छ । भारतीय सुरक्षाकर्मी आएर भवन निर्माण रोकेको विषयमा मंगलबार छलफल भएको र यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकिएको उनले बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले विवाद सुल्झाउन नेपाली र भारतीय टोली बसेर छलफल गरेको र नेपालका नापी टोलीले नापजाँचसमेत गरेको बताउँदै चाँडै निकास निस्कने बताए ।

भारतले अवरोध गर्नु गलत स् रानी शर्मा तिवारी (प्रदेश सभा सदस्य)

प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले नेपाली भूमिमा निर्माण भइरहेको घरमा भारतले हस्तक्षेप गर्नु अर्थहीन रहेको बताइन् । उनले यस विषयमा नेपाल सरकार थप गम्भीर हुनुपर्ने टिप्पणी गरिन् ।

सीमानजिकै जग्गा हुँदैमा भारतले जथाभावी आफूखुसी बाधा अवरोध गर्नु जायज नभएको उनको भनाइ छ ।

‘३८.६ किलोमिटर महोत्तरीको खुला सीमामा धेरै स्थानमा पुस्तौँदेखि सयौँ घर दशगजामै रहेकोमा हालसम्म दुवैतर्फबाट बस्ती हटाउन कुनै पहल भएको छैन,’ सांसद शर्माले भनिन्, ‘अतिविपन्न मुसहर समुदायका लागि नेपालकै भूमिमा बनिरहेका भवन निर्माणमा रोक लगाउनु कुनै हिसाबले सह्य हुन्न ।’

जलेश्वरको मलिवारा भिठामोड नाकामा भारतीय एसएसबीको चेकपोस्ट, सोभन्दा अगाडि पिलरमा छोएर भारतको मुख्य सडक र त्यसभन्दा अगाडि बन्दै गरेको पुलमा नेपाल पक्षले गरेको हस्तक्षेपकै कारण प्रतिशोधस्वरूप भारतले नयाँ बखेडा झिकेको हुन सक्ने उनले बताइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies