Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतले अनुमति नदिएपछि हजारौँ भारतीय नागरिक सीमामा अलपत्र

लुम्बिनी । रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण भट्टा सञ्चालकले सबै मजदुरलाई घर फर्कन भनेपछि परिवारसहित पैदलै घरतर्फ फर्कने क्रममा उनीहरु सीमामै रोकिएका छन् । भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन् । करिब सात हजारभन्दा बढी भारतीय नागरिक सीमावारि नेपालतर्फ रोकिएका छन् ।

भारत फरिदपुरका रौनक तीनवर्षे बालक, पाँचवर्षे बालिका र श्रीमतीसहित तीन दिनदेखि घर फर्कने बाटो कुरेर बस्दै आएका छन् । इँटाभट्टाका मजदुर रौनकले भने, “यहाँ खानालाई समस्या छैन । यतै नेपाली दाजुभाइले सडकमै खाना नास्ता खुवाइरहनुभएको छ । तर बस्नचाहिँ यही सडकमै बसेका छौँ ।”

“जत्तिसक्दो छिट्टै घर जान पाए हुन्थ्यो”, उनले भने, “भट्टाबाट यहाँसम्म त आइयो, दिनदिनै भारतबाट नेपाली आफ्नो देश आइरहेका छन् । तर, हामीलाई भारत सरकारले अझै लिन आएको छैन । यता काम नपाएझै सडकमै दिनरात बस्नुपरेको छ । उता घरमा खेतीपाती गर्ने कोही छैन ।”

दुखः पर्दा सबैलाई जन्मथलो प्यारो हुने बेलहिया सडकमा भेट्टिएका भारतको पिपीगन्ज निवासी ५२ वर्षीय वकिल मुसलमानले भने, “भारतबाट नेपाली जन्मथलो आइरहेका छन् । हामी नेपालबाट आफ्नै जन्मथलो फर्कने बाटो कुरेर सडकमा बसिरहेका छौ ।” भारत कताराका संतराजलाई पनि दुई भाइसँगै घर जाने क्रममा सीमामा रोकिएको तीन दिन पूरा भएको छ । पत्रकारलाई देख्नासाथ उनले भने, “सर हाम्रो कुरा भारत सरकारलाई पुर्याइदिनुपर्यो, हामी कहिलेसम्म बोर्डरमा बस्ने हो । के हामीलाई आफ्नो देश जान अनुमति छैन ?”

स्वदेश फर्कन नेपालतर्फ सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकलाई सीमा क्षेत्रका नेपालीले उद्धारको काम गरिरहेको बेलहियाका स्थानीय रामबहादुर बस्नेतले बताए। उनले भने, “हामी दिनदिनै सीमामै स्वयंसेवकका रूपमा खटिएका छौँ । भारतबाट दैनिक १२–१३ सय नेपाली आउने गरेका छन् । तर यताबाट भारततर्फ जानेहरु बढीमा दैनिक ८०० जति छन् ।”

देशैभरका नागरिक हुलकाहुल आउँदा भैरहवामा व्यवस्थापन गर्न समस्या भएको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका अजय गुप्ताले बताए । उनले देशैभरका भट्टामा काम गर्ने भारतको उत्तरप्रदेशका नागरिक एकैसाथ आउँदा समस्या भइरहेको बताए । यहाँ रहेका भारतीय नागरिक पारि नजाँदासम्म केही समय भट्टामा नै मजदुरको व्यवस्थापन गर्न प्रशासनले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेश नं ५ का विभिन्न जिल्लामा मात्रै २१० भट्टा रहेका छन् । ती भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेका छन् । एउटा उद्योगमा १०० भन्दा बढी मजदुर काम गर्ने गर्दछन् । दशैँतिहारपछि आएर वैशाखको दोस्रो सातादेखि घर जाने मजदुर खेतीपातीका लागि घर फर्किन थालेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले भारततर्फको प्रक्रियागत ढिलाइका कारणले मजदुर रोकिराखेको बताए । भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई मुख्यरूपमा बेलहिया नाकाबाट स्वदेश प्रवेशको अनुमति दिएकाले उत्तर प्रदेशबाट आएर नेपालका विभिन्न जिल्लामा मजदुरी गरी बसेका भारतीय नागरिकको केही भीड देखिएको उनले बताए । उनले भने, “दैनिक एक हजारभन्दा बढीलाई भारतले स्वदेश भित्र्याएको छ । बाँकी करिब आठ हजार जति सीमानाकामा रोकिएर स्वदेश फर्कने प्रक्रियामै रहेका छन् ।”

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नेपालमा काम गर्ने भारतीय मजदुरको व्यवस्थापनमा नगरपालिकाले विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरी उद्धार गर्दै आएको बताए ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies