Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अग्रपङ्तिमा रहेर खटिने एक सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने १०० भन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

गन्तव्य नेपाल ग्रुपको संयोजनमा राजधानीका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा फोटोपत्रकारको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट, सर्जिकल मास्क, ग्लोब्स र स्यानेटाइजर प्रदान गरिएको हो । नक्सालस्थित नारायण चौरमा सामाजिक दूरी कायम गर्दै ती सामग्री वितरण गरिएको थियो । संस्थाका अध्यक्ष शिव अधिकारीले स्थलगतरुपमै खटिने छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० भन्दा बढी पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको जानकारी दिए ।

अध्यक्ष अधिकारीले लकडाउन अवधिभर अत्यावश्यक काममा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग जारी रहने पनि बताए । बोधिसत्व विहारको सहयोगमा ती सामग्री प्रदान गरिएको र उक्त सामग्री व्यवस्थापनका निम्ति संस्थाले विज्ञप्तिमार्फतप्रति आभार प्रकट गरेको छ ।

कार्यक्रममा बोधिसत्व विहारका मूल गुरु (हाल नेपालमा रहनुभएका ताइवानी नागरिक) हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्मा उपस्थित हुनुहुन्थ्यो । राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले पनि हालै ५० भन्दा बढी पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री ९एन–९५ मास्क र स्यानेटाइजर वितरण गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies