Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एमसिसि : हितप्रतिकुल बूँदा सच्याउने र जस्ताको तस्तै पास गर्ने लाइनमा कोको ?

काठमाडौं । बहुचर्चित अमेरिकी परियोजना एमसिसि सरकारको नीति तथा कार्यक्रममा छद्मरुपमा छिराइएपछि सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नयाँ विवाद सुरु भएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पार्टीभित्र बहसमा रहेको एमसिसि परेपछि केही नेताहरु पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको कदमको विरोध गरिरहेका छन् ।

जसरी पनि एमसिसि पारित गराउने योजनामा रहेका प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ रहेको छ भने आफ्नै पार्टी सचिवालयमा भने अल्पमतको अप्ठ्यारोमा छन् ।

९ सदस्यीय सचिवलायमा उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल, राम बहादुर थापा र विष्णु पौडेल मात्रै ओलीको पक्षमा छन् ।

जस्ताको तस्तै पारित गर्नु नहुने र देशको हित प्रतिकुल हुने बुँदाहरु सम्शोधनसहित पास गर्नुपर्ने अडानमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नरायणकाजी श्रेष्ठ लगायतका बहुमत नेताहरु रहेका छन् ।

प्रचण्डको सहजीकरणमा एमसिसिबारे बालुवटारमा सचिवालय सदस्यहरु सहित परराष्ट्रमन्त्री युवराज ज्ञावली, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, प्राधिकरणका कुलमान घिसिङ् लगायतको संयुक्त छलफल भएको थियो । सो छलफलमा समेत अधिकांश सचिवालय सदस्यहरुले एमसिसि पास गर्न नहुने अडान राखेका थिए ।

यसअघि नेकपाको केन्द्रिय समितिको बैठकबाट झलनाथ खनालको नेतृत्वमा बनेको अध्ययन कार्यदलले समेत पास गर्न नहुने र केही बुँदाहरु सच्याउनुपर्ने सुझाव राखेको थियो ।

हुबहु पारित गर्ने ओली अडानका कारण नेकपामा एमसिसि विवाद एकपटक चर्कने देखिन्छ । तर नेपाली कांग्रेसको समर्थनबाट ओली भने हौसिएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies