Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चेम्बरले दियो सरकारलाई बजेटसम्बन्धी यस्तो सुझाव

काठमाडौ । पाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आज राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै गतिमा लैजान आग्रह गरेका हुन् ।

कोरोनाका कारण वैदेशिक रोजगारीमा गएकामध्ये कति घर फर्किएलान् र फर्किए तथा तीनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आफैँमा चुनौतीपूर्ण रहेको भन्दै चेम्बरले आर्थिक क्षेत्रमा यसको सिधा असर बैंकमा तरलता अभाव र विदेशी विनियम सञ्चितिमा पर्ने देखिएको जनाएको छ । चेम्बरको सुझावमा निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने नीति अपनाउनुपर्ने, ३० प्रतिशतसम्मको भ्याल्यू अडिसनमा पाँच प्रतिशतका नगद अनुदान दिनुपर्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको पुनःकर्जालाई अधिकतम वृद्धि गरी प्रभावित क्षेत्रको अवस्थाका आधारमा सबै प्रकारका साना घरेलु, मझौला तथा ठूला उद्योगलगायत निर्यात तथा अन्य व्यावसायिक क्षेत्रलाई समेत दीर्घकालीन कर्जा उपलब्ध गराउनुपर्ने र प्याकेजको आकार कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम हुन नहुने जनाएको छ । रुग्ण भएका ऊर्जाका आयोजनालाई पुनरुत्थान गर्न पाँच प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गर्नुपर्ने, आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुनेबित्तिकै अघि बढाउनु आवश्यक रहेकाले सरकारले अनिवार्यरुपमा वर्षको एकपटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आमनागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्न सुझाव दिइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies