Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सरकारको एक्सन –बुधबार कालापानि नजिकैं हेलिकप्टरबाट सशस्त्र प्रहरी पठाइँदै

काठमाडौं । विवादित भुमि कालापानि नजिकै सशस्त्र प्रहरीको बेसक्याम्प राख्नका लागी बुधबार हेलिकप्टरबाट सशस्त्रको एक युनिट पठाउने तयारी भएको छ ।

गृहमन्त्रि राम बहादुर थापाको दिर्नेशनमा दार्चुला सदरमुकामबाट ९० किलोमिटर उत्तरपश्चिममा रहेको छाङरुमा क्याम्प राख्ने तयारी थालिएको हो ।

सशस्त्र प्रहरीका अनुसार प्रहरी निरिक्षक (इन्स्पेक्टर)को कमाण्डमा तत्कालका लागी २५ जानको युनिट पठाउन लागिएको हो ।

जसको लागी सेनाको केलिकप्टरमार्फत युनिट पठाउने तयारी थालिएको हो । हालसम्म सिमा सुरक्षाका लागी देशैभर गरेर १ सय ७ वटा बीओपी कायम रहेको छ । गृहमन्त्री राम बहादुर थापाले यो संख्या बढाएर ५ बनाउन निर्देशन दिईसकेका छन् ।

दार्चुलाको छाङरु कालापानिबाट १० किलोमिटर टाढा रहेको विकट क्षेत्र हो । जहाँ हिउँ पर्ने भएकोले जाडो महिनामा स्थानीयहरु दार्चुला झर्ने र गर्मी लागेपछि फर्कने गर्छन् । छाङरुमा ११५ र टिंकरमा १६७ घरधुरीको बसोबास रहीआएको छ । सौका समुदायका मानिसहरु घोडेटो बाटोसमेत नभएका कारण दार्चुला सदरमुकाम ओहोरदोहोर गर्नपनि भारतको अनुमति लिनुपर्ने बाध्यता छ । विकट भौगोलिक प्रतिकुलतालाई ख्याल गर्दै तत्कालका लागी खाद्यन्न लगायत हातहतियार सहित २५ जनाको युनिट पठाउन लागिएको बताइएको छ ।

तत्कालका लागी स्थानीयको घर भाडामा लिएर सशस्त्र युनिट बस्ने छ भने सरकारले १५ रोपनि क्षेत्रफलको जग्गासहित करिब ९ करोड बजेट विनियोजन गरिसकेको छ । याँहा क्रमश सशस्त्र प्रहरिको बटालियन राख्ने योजना रहेको सशस्त्र प्रहरीले बताएको छ ।

हाल दार्चुला सदरमुकाममा ५० नम्बर गुल्म रहेको छ ।

\"\"
परराष्‍ट्र मन्त्री प्रदीप ज्ञावलीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज सम्पन्न भेटवार्ता ।

यसैगरी आजैमात्र परराष्‍ट्र मन्त्री प्रदीप ज्ञावलीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएका थिए ।

नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies