


अछामकी सुत्केरीको सेनाको हेलिकप्टरबाट उद्धार


-
-
बैशाख २७ गते, २०७७ - २१:२४

काठमाडौ । अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले खबर गरेलगत्तै महिलालाई निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको थियो । ती महिला २५ दिनअघि भटाकाटिया स्वास्थ्यचौकीमा सुत्केरी भएको र पेटको दुखाइ बढेपछि आज बयलपाटा अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा सुत्केरीका पेटमा अत्यधिक रक्तश्राव भएको पाइएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा पठाइएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा विकास गौचनले जानकारी दिए । अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रजिअ पौडेलले बताए । उनले लकडाउनले मुलुक ठप्प भएका बेला मन्त्री गुरुङको पहलमा ती सुत्केरीको तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गर्न सकिएको बताए ।
महिला मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । हालसम्म १०१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल