


भूपू भारतीय सैनिकलाई २८ करोड पेन्सन वितरण


-
-
बैशाख २६ गते, २०७७ - ०९:०७

म्याग्दी । म्याग्दीका भारतीय सेनाको सेवाबाट निवृत्त भएका ७०० भूपू भारतीय सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । भारतीय राजदूतावासअन्तर्गत बेनीस्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपू सैनिकलाई पेन्सन वितरण गरेको हो । म्याग्दीका भूपू सैनिकलाई एभरेष्ट बैंकको बेनीस्थित सेवा केन्द्र गोरखा सैनिक सहकारी संस्थामार्फत मङ्गलबारदेखि बिहीबारसम्म वितरण गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर म्याग्दी र पर्वतका सैनिकलाई बुधबारसम्म पेन्सन वितरण गरिएको गोरखा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर रावलले बताए। उनका अनुसार ७०० भूपू सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । एभरेष्ट बैंकमार्फत पेन्सन लिनेलाई बेनीमा गोरखा सैनिक सहकारीले भुक्तानी गर्दै आएको छ । गत वर्ष बेनीमा जिल्ला सैनिक बोर्ड स्थापना र एभरेष्ट बैंकको सेवा केन्द्र खुलेपछि भूपूहरुलाई राहत मिलेको छ ।
पेन्सन लिनका लागि बागलुङ जानुपरेको छैन । कतिपय भूपूहरुले सिधैँ बैंक खातामा पेन्सन जम्मा गर्छन् । छ–छ महिनामा पेन्सन वितरण गर्छ । कोरोनाको त्रास र लकडाउनका कारण प्रभावित भएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन भूपूहरुको पनि योगदान रहने भूपू सैनिक कल्याणकारी सङ्घ म्याग्दीका अध्यक्ष मीनबहादुर कार्कीले बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन
काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...

प्रतिकृया लेख्नुहोस्:
- आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी