Khabar Dabali Logo
  January 26, Tue

खाडी मुलुकमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या यकिन गर्नै समस्या

काठमाडौं । नेपाली कामदारहरू कार्यरत अधिकांश खाडी मुलुकहरूले सङ्क्रमितहरूको राष्ट्रियता नखुलाउँदा ती देशहरूमा कति नेपाली नागरिक कोरोनाभाइरसबाट सङ्क्रमित भए भन्ने यकिन गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्।

नेपाली कामदारहरू रहेका विभिन्न देशका राजदूतहरूका अनुसार ‘त्यहाँको सरकारले राष्ट्रियता नखुलाउने नीति लिँदा नेपालीको विवरण पाउनू निकै कठिन भएको हो।’

ठूलो सङ्ख्यामा नेपालीहरू कार्यरत रहेकोमध्येको एउटा देश कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘नेपालीहरू पनि छन् सङ्क्रमणमा तर उनीहरूले (कतार सरकारले) राष्ट्रियता जनाएर तथ्याङ्क नदिँदाखेरि यति नै नेपाली छन् भन्नसक्ने स्थिति छैन।’

‘बीचबीचमा उहाँहरूले भने अनुसार नेपालीहरू त्यति सिरियस बिरामी त्यति छैनन् सामान्य स्वास्थ्य स्थितिमा छन्। थोरै मान्छेहरू मात्र अस्पताल लगेर उपचार गर्नुपर्ने स्थितिमा छन् भन्ने कुरा गर्नु भएको छ।’

उनले बेलाबेलामा अनौपचारिक रूपमा विभिन्नखाल विवरणहरू दूतावासमा आए पनि आधिकारिक विवरण नभएकाले कतारमा हालसम्म कति नेपाली कोरोनाभाइरसबाट सङ्क्रमित भए भन्न नसकिने बताए।

भारद्वाजले राष्ट्रियता जनाएर तथ्याङ्क नदिँदा अन्योल उत्पन्न भएको बताए।

दूतावासका अधिकारीहरूका अनुसार कतार सरकारले कुनै पनि देशका नागरिकहरूको राष्ट्रियता नखुलाई उपचार गर्ने नीति लिएको छ।

संयुक्त अरब इमिरेट्स ९यूएई० मा पनि त्यस्तै अवस्था रहेको त्यहाँस्थित नेपाली राजदूतले बताएका छन्।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ‘यहाँ पनि विगत एक महिनादेखि राष्ट्रियता खुलाएर कोभिड-१९ सङ्क्रमितहरूको विवरण सार्वजनिक हुन सकेको छैन। जतिखेर नेपालीहरूको यतिलाई सङ्क्रमण भयो भन्ने विवरण आउँथ्यो त्यसबेला हामीलाई सहज थियो।’

‘हामीलाई के विश्वास छ भने सङ्क्रमितको राष्ट्रियता नखुलाउँदा पनि यूएई सरकारले आफ्ना नागरिक हुन् वा बाहिरका सबैलाई उच्चस्तरीय र निस्शुल्क स्वास्थ्य सेवा दिइरहेको छ र उहाँहरूको राम्रो उपचार भइरहेको छ।’

नेपाली कामदार रहेका अरब मुलुकहरूमध्ये सबैभन्दा धेरै नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको भनिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दास गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) का अधिकांश देशहरूले राष्ट्रियता नखुलाइकन सङ्क्रमितको विवरण सार्वजनिक गर्ने गरेका बताउँछन् ।

बहराइनमा मात्र राष्ट्रियता खुलाइएकाले यहाँ धेरै नेपालीमा सङ्क्रमण देखिएको जस्तो भयो,’ बीबीसीसँग सुन्दासले भने, ‘तर अन्यत्र पनि धेरै सङ्क्रमित भएका हुनसक्छन्।’

उनका अनुसार हालसम्म बहराइनमा १ सय ५७ जना नेपालीमा कोरोनाभाइरस सङ्क्रणम देखिएको छ।

त्यसमध्ये कति निको भइसके र कति उपचाररत छन् भन्ने तथ्याङ्क भने एकरदुई दिनमा आउने सुन्दासले जानकारी दिए।

साउदी अरेबियास्थित नेपाली दूतावासका अधिकारीहरूले पनि कति नेपाली कोरोनाभाइरस सङ्क्रमित छन् भन्ने यकिन जानकारी नभएको बताए।

केहीअघि जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले आफ्नै सम्पर्कका आधारमा सङ्कलित तथ्याङ्कलाई सार्वजनिक गरे पनि त्यो साउदी सरकारले दिएको तथ्याङ्क नभएको उनीहरू बताउँछन्।

खाडी देशमा रहेका नेपाली अधिकारीहरूले पर्याप्त जानकारीका अभावमा कोभिड सङ्क्रमित भनिएका नेपालीहरूको अवस्थाबारे आफूहरूलाई खासै थाहा नभएको पनि उल्लेख गरेका छन्।

कुवेतमा २५ सयभन्दा बढी नेपाली सेल्टरमा
यसैबीच कुवेत सरकारले दिएको आममाफीमा सहभागी भई स्वेदश फर्कन चाहने २५ सयभन्दा बढी नेपालीहरूलाई सरकारी सेल्टरमा राखिएको त्यहाँस्थित दूतावासले जानकारी दिएको छ।

विभिन्न कारणले अवैध बनेका नेपालीहरूलाई कुवेत सरकारले आममाफी दिने सूचना जारी गरेको थियो।

गत एप्रिल २६ देखि ३० एप्रिलसम्ममा नेपालीले पनि त्यस्तो आममाफीमा सहभागी हुन निवेदन दिन पाउने थिए।

त्यसरी सहभागीहरूलाई कुवेत सरकार आफैँले उसकै खर्चमा नेपालसम्म पठाउने जनाएको छ।

कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले भने, ‘कुवेत सरकारले आममाफी गर्दा नै तीनवटा कुराहरू भनेको थियो- यसमा सहभागी भएर फर्कादा भिसा नविकरण नगरेबापतको जरिवाना मिनाहा हुन्छ। त्यसरी सहभागी हुनेलाई आफ्नो मुलुकसम्मको हवाई भाडा कामदारले तिर्नुपर्दैन र त्यस्ता कामदारले अन्य कुनै गलत काम गरेका छैनन् भने उहाँहरू फेरि कुवेतमा काम गर्न सक्नुहुनेछ।’

अहिले सरकारी सेल्टरमा बसिरहेका नेपालीहरूलाई कहिले र कसरी फर्काउने भन्ने निर्णय भइनसकेको भण्डारीले बताए।

कुवेतमा झण्डै ७ हजार नेपाली अवैध रूपमा बसेको बताइन्छ त्यसमध्ये २५ सय भन्दा बढीले आमाफी प्रकृयामा भाग लिने इच्छा व्यक्त गरेका हुन्।

अघिल्लो साता बीबीसीलाई दिएको अन्तरवार्तामा श्रममन्त्री रामेश्वर राय यादवले मध्य जेठबाट कुवेतबाट कामदार फिर्ती सुरु हुने बताएका थिए।

बैशाख २३ गते, २०७७ - १०:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...   

आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...   

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली

काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...   
नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...   

गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...   

निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन

बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...   

प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top