Khabar Dabali Logo
  June 5, Fri

ट्रम्पको आरोप– हामीसँग बढी पैसा लिएर डब्लूएचओ चीन केन्द्रित भयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कडा आलोचना गरेका छन् ।

उनले डब्लुएचओले सबैभन्दा बढी अमेरिकाबाट पैसा लिएर चीन केन्द्रित बनेको उनले आरोप लगाए ।

उनले कोरोना महामारीविरुद्ध लड्न डब्लुएचओले अमेरिकालाई खराब सल्लाह दिएको समेत आरोप लगाए ।

उनले भने, ‘डब्लूएचओले वास्तवमै उडायो, केही कारणवश अमेरिकाले ठूलो लगानी गरे पनि चीन केन्द्रित भयो । सौभाग्यवश मैले सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेँ, किन उनीहरुले हामीलाई यस्तो गलत सिफारिस गरे ?’

चीनमा कोरोना भाइरस संक्रमण फैलिएका बेला विश्वका धेरै देशले सीमा बन्द गरेर चिनियाँ नागरिकलाई प्रतिबन्ध लगाइरहेका बेला डब्लुएचओले सीमा खुला राख्न र कोरोना संक्रमितको उपचारमा केन्द्रित हुन आग्रह गरेको थियो ।

डब्लूएचओले देशहरुलाई कोरोना महामारीका बावजुद सीमा खुला राख्न सल्लाह दिएपनि आफ्ना देशका नागरिकको सुरक्षाका लागि कुनै पनि देशलाई कदम चाल्ने अधिकार भएको जनाएको थियो ।

चैत २६ गते, २०७६ - ०७:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंका तीन स्थानमा विदेशबाट आएकालाई राखिने, यस्ताे छ व्यवस्थापन

काठमाडौं। काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन निर्माण गरिनेछ । विदेशबाट आएका नागरिकका लागि खरिपाटीको...   

लालपुर्जा नेपालको, भूमि भारतीय कब्जामा

झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४...   

सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल,...   

बैतडी घटना : इन्जेक्सन लगाएर बलात्कार गर्ने दोषीलाई साढे ११ वर्ष कैद सजाय

बैतडी । सर्वोच्च अदालतले बैतडी (कुमारी) बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । गत...   

सरकारले कोरोना रोकथामका लागि गरेको अर्बौं खर्चको पारदर्शिता खोइ ?

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च...   

अर्को निर्णय नभएसम्म बजार नखुल्ने

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको...   

५३ हजार विपन्न विद्यार्थीलाई एक अर्बकाे छात्रवृत्ति , अनलाइन फारम भर्न नसकेर १३ हजारले मात्र पाए

काठमाडौं । वर्षमा एकपटक अनलाइन फाराम भर्न नसकेर छात्रवृत्ति गुमाउने अवस्थामा एकैपटक ‘भर्चुअल क्लास’...   

लकडाउनयता भारतबाट एक लाख ६६ हजार भित्रिए

काठमाडौं । लकडाउन शुरु भएयता भारतबाट एक लाख ६६ हजार नेपाली भित्रिएका छन् । यो तथ्यांक नाकाबाट वैध...   
योगी आदित्यनाथको आपत्तिजनक अभिव्यक्ति : नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस्

योगी आदित्यनाथको आपत्तिजनक अभिव्यक्ति : नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस्

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा...   

‘राष्ट्रसंघीय उच्चायुक्तको प्रतिवेदन आधारहीन’

काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तद्वारा नेपालमा अभिव्यक्ति स्वतन्त्रता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top