Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अतिक्रमित आफैँले खुशीका साथ फिर्ता गरे सरकारी जग्गा

महोत्तरी । गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित हुनुहुन्थ्यो । आँखै अगाडि तीन सयभन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने आश मारिसकेका थिए । उनले भने, “पहिला गौशालामा गाईका बथानले भरिभराउ हुन्थे, विस्तारै अतिक्रमणको चपेटामा पर्यो । पहिला जस्तो अहिले गाई पनि छैनन् । करिब डेढ सय गाई थिए । ती पनि अर्को स्थानतिर लगिएको छ ।”

यहाँका जग्गा अतिक्रमण गरी घरटहराले भरिभराउ थिए । सरकारी जग्गा फिर्ता गर्ने अभियानले स्थानीयवासीको मुहारमा खुशी छायो । स्थानीयवासी राकेशकुमार सिंह घरजग्गा भएका समेतले अतिक्रमण गरेर बनाएको गौशालाका जग्गा फिर्ता गर्ने सरकारको अभियान राम्रो भएको बताउछन् । “सरकारले ठीक काम गरेको छ, सरकारी जग्गा खाली गर्नुपर्छ , अतिक्रमित हुनु हुँदैन”, उनले भने । स्थानीयवासी अनिता यादव र मञ्जुकुमारी मण्डलकोे वास्तविक गरिब परिवारको पहिचान गरी बसोबासको व्यवस्था सरकारले गरिदिए हुन्थ्यो भन्ने चाहना छ । “ घरजग्गा भएकाले पनि अतिक्रमण गरेर बनाएका जग्गा फिर्ता हुनु खुशीको कुरा हो , वास्तविक गरिब तथा सुकुम्बासीको उचित बसोबासको व्यवस्था होस्”, दुवैले एकै स्वरमा भने ।

गत आइतबार अपराह्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल यहाँ आइपुग्दा स्थानीयवासीले तालीले स्वागत मात्रै गरेनन् वर्षौंदेखि अतिक्रमणमा परेको जग्गा फिर्ता भएकामा खुशी व्यक्त गरे । तीनवटा डोजरले अतिक्रमित घरटहरा भत्काइएको थियो । मन्त्रालयले पछिल्लो समय सरकारी जग्गामा बनेका घरटहरा भत्काइ जग्गा फिर्ता गराउने अभियान सञ्चालन गर्दै आएको छ । सोहीक्रममा यहाँका घरटहरा भत्काइएको हो ।

मन्त्री अर्यालले सो अवसरमा कोही पनि सुकुम्वासी र भूमिहीन अन्यायमा नपर्ने जानकारी दिइन् । गौशाला नगरपालिकास्थित निगोन गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्ताभएको घोषणा गर्दै उनले वास्तविक सुकुम्वासीको व्यवस्थापन हुने जानकारी दिइन् । “भूमिहीन सुकुम्वासीको समस्या भूमि ऐन आठौँ संशोधनमार्फत हुन्छ, कोही सुकुम्वासी अन्यायमा पर्नु हुँदैन”, उनले भनिन् ।

मन्त्री अर्यालले पछिल्लो समय अतिक्रमित सरकारी र सार्वजनिक गुठीको जग्गा फिर्ताको अभियानलाई तीव्रता दिएकी छिन् । यही क्रममा उनले यहाँस्थित गौशलाको नाममा रहेको अतिक्रमित जग्गा फर्काएकी हुन्।

विगत एक वर्षदेखि यहाँको सरकारी जग्गा संरक्षण गर्ने अभियान शुरु भएको थियो । गौशाला जग्गामा बसोबास गर्दै आएकालाई स्थानीय प्रशासन र नगरपालिकाले घरटहरा खाली गर्न पटक पटक पत्राचार तथा सार्वजनिक सूचना टाँस गरेको थियो । ती स्थानमा बसोबास गरेकाले घरटहरा नछाडेपछि डोजर लगाएर भत्काइएको हो ।

गौशालाका नाममा रहेको १४८ बिघा सरकारकी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३० वटा घरटहरा भत्काइएको थियो। राष्ट्रिय सहकारी विकास बोर्डको स्वामित्वमा रहेको करिब २०० बिघा जग्गा घट्दै गएर हाल १४८ बिघा जग्गा सीमित भएको छ । गौशालालाई संरक्षण गरी उद्योग तथा कृषि फार्म सञ्चालन गर्ने सो बोर्डले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, सो नगरपालिकाका प्रमुख शिवनाथ महतो, सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश ठाडामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद पुडासैनी लगायत स्थानीय तहका नेताको उपस्थितिमा घरटहरा भत्काइएका हुन् ।

बोर्डको व्यवस्थापन र सञ्चालनमा रहेको सो गौशालाको जग्गामा विभिन्न व्यक्तिले पटकपटक अतिक्रमण गर्दै आएका थिए । पछिल्लो पटक सरकारले गएको माघ ७ गते अन्तिम सूचना जारी गरी जग्गा खाली गराइदिन आग्रह गरेको थियो । गतवर्ष पनि सरकारले उक्त ठाउँको जग्गा फर्काउन पहल गरेको थियो । तर उनीहरुकै आग्रहमा सरकारले केही समय दिएको बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले जानकारी दिए ।

सो नगरपालिकाका प्रमुख शिवनाथ महतोले भत्काइएका मध्ये तीन घरपरिवार वास्तविक भूमिहीन रहेको र उनीहरुको व्यवस्थापन गरिने जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies