Khabar Dabali Logo
  April 9, Thu

बाँस्कोटाको मनोमानी, कार्यविधि मिचेर ९७ आइटी ल्याब स्थापना गर्न दबाब

काठमाडौं । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ।

आजको नागरिक दैनिकमा खबर छ – नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो। यसका लागि प्राधिकरणले ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ बनाएको थियो।

यो कार्यविधिले निर्वाचन क्षेत्र हेरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनेको छ। कार्यविधिको यो व्यवस्थालाई मिचेर बास्कोटाले काभ्रेमा मात्र ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन्। बास्कोटा प्राधिकरणको तालुक मन्त्रालयका मन्त्री थिए भने काभ्रे उनको गृह जिल्ला हो।

कार्यविधिअनुसार दुई निर्वाचन क्षेत्र भएको काभ्रेमा बढीमा १०–१२ वटासम्म सूचना प्रविधि प्रयोगशाला बनाउन सकिन्थ्यो। तर मन्त्रीले दबाब दिएपछि काभ्रेमा ९७ वटा प्रयोगशाला स्थापना गर्नेगरी कार्यक्रम समावेश गरिएको प्राधिकरण उच्च स्रोतले बतायो।

‘मन्त्री बास्कोटाले काभ्रेमा यति संख्यामा प्रयोगशाला बनाउन विद्यालय छनोट गर्नुस् भनेपछि हामीले नमान्नुको विकल्प छैन,’ उक्त स्रोतले भन्यो।

कार्यविधिमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्ला तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट पूर्व), नवलपरासी (बर्दघाट पश्चिम) र सुनसरीमा रहेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कम्तीमा ६ वटा र अन्य जिल्लाको हकमा चारवटाका दरले प्रयोगशाला बनाउने भनिएको छ। प्रयोगशाला सामुदायिक विद्यालयमा बनाउनुपर्ने व्यवस्था गरिएको छ।

दूरसञ्चार प्राधिकरणले मुलुकभरका ९ सय ३० सामुदायिक विद्यालयमा आइटी प्रयोगशाला बनाउन गत साउनमा ठेक्का दिएको हो। ओम्नी म्याक्स नेपा ज्वाइन्ट भेन्चरलाई तीन अर्ब ४७ करोड ६९ लाख रुपैयाँमा ठेक्का दिइएको हो।

सामुदायिक विद्यालयमा स्थापना गर्न लागिएका प्रत्येक आइटी ल्याबमा २४ वटा कम्प्युटर, दुई सेट हार्ड डिस्क (एक्सटर्नल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्ने भनिएको छ।

यो ठेक्का साढे तीन अर्बमा हुन लागेको हो। सम्झौतामा टेन्डर पाएको ६ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख छ। तर महिना पुगिसक्दा पनि ल्याब स्थापना गर्ने कामले गति लिन सकेको छैन।

सञ्चार मन्त्रालय उच्च स्रोतका अनुसार आइटी प्रयोगशाला बनाउन बोलपत्र तयार पार्दा नै चलखेल गरिएको थियो। बोलपत्रको स्पेसिफिकेसन्स धेरै कम्पनीलाई नमिल्ने गरी तयार गरिएको स्रोतको दाबी छ। मन्त्री बास्कोटासँगको मिलेमतोमा प्रयोगशाला स्थापनाको ठेक्का म्याक्स ओम्नी जेभीले हत्याएको स्रोतको दाबी छ।

फागुन १४ गते, २०७६ - ०८:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित...   

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले...   

उपत्यकामा १ लाख ६० हजार परिवारलाई राहत वितरण

काठमाडौं । उपत्यकामा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा...   
यमनमा युद्धविरामको घोषणा

यमनमा युद्धविरामको घोषणा

एजेन्सी । साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको...   

२३ हजार कम्प्युटर किन्ने ठेक्का ओम्नी समूहलाई दिन टेन्डर सूचनासमेत संशोधन

काठमाडौं । भ्रष्टाचारको आधुनिक प्रयोगशाला नयाँ–नयाँ प्रयोगहरू कसरी भइरहेका छन् ? एउटा उदाहरण नयाँ...   
बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

सिन्धुली । लकडाउनसँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको...   

दैनिक ३ हजार जनाको परीक्षण सम्भव

काठमाडौं । सरकारले दैनिक ३ हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता...   

‘लकडाउन’का कारण शैक्षिक सत्र नबिग्रने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए...   

लकडाउनमा पनि सडक पूर्वाधारको काम

काठमाडौं । कोरोना भाइरसविरुद्ध मुलुकले ‘लकडाउन’ गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु...   

कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै ओम्‍नीलाई सघाउँदै सरकार

काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top