Khabar Dabali Logo
  March 30, Mon

यौन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन किशोर–किशोरीको माग

सुर्खेत । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् ।

सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘सुरक्षित गर्भपतन’ सम्बन्धी छलफलमा सहभागीले पाठ्यक्रममा यौन तथा प्रजननको विषय भएमा धेरै जानकारी पाइने बताए ।

पछिल्लो समय २० वर्ष नपुग्दै किशारीले असुरक्षित गर्भपतनको सेवा लिनेक्रम बढेकोमा सहभागीले चिन्ता व्यक्त गरे । सुर्खेतका वसन्त जैसीले प्रजननसम्बन्धी छुट्टै ऐन बनाई विषयगत रुपमा समेट्न र सुरक्षित गर्भपतनलाई वैज्ञानिक ढङ्गबाट हेर्न आग्रह गरे ।

जुम्लाका रुपलाल देवकोटाले सबै तहका सरकारले यौन तथा प्रजनन शिक्षाका बारेमा सचेतनाका अभियान सञ्चालन गर्न र पाठ्यक्रममा यस विषयलाई समेट्न माग गरे ।

सहजकर्ता रुपा उप्रेतीले पछिल्लो समय असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बद्धि भएको जानकारी दिइन् ।

असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको र यसको सचेतना आवश्यक रहेको सिडिएस पार्क मुगुका प्रमुख अजबहादुर शाहीले बताए ।

कार्यक्रममा सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, मुगुलगायत कर्णाली प्रदेशका १० जिल्लाका किशोर किशोरीको सहभागिता रहेको थियो ।

फागुन १० गते, २०७६ - १३:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : डा. खतिवडा

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई...   
प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

काठमाडौं । दार्चुला पारि भारतीय क्षेत्र धार्चुलामा फसिरहेका र स्वदेश फर्कन खोजिरहेका नेपालीहरूलाई...   

गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने

कास्की । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित...   

भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम...   

यो महामारीका बेला मेरो चरित्र हत्या गर्न खोजियो – स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका...   

ललितपुरको भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

ललितपुर । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई...   

वीर अस्पतालमा कोरोनाको आशंका गरिएका दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको...   

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको...   

१५ जना कैदी कैद किनेर छुटे

चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको...   

विदेशबाट फर्कनेलाई विमानस्थलमा जाँच नगरिँदा यस्तो समस्या आएको गुनासो प्रचारमा छ, यसबारे मन्त्री ज्ञवाली के भन्छन् ?(अन्तर्वार्तासहित)

काठमाडौं । विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top