Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन, कहाँ के भएको थियो ?

काठमाडौं । नेपालमा निरंकुशताविरुद्धमा लोकतन्त्र र मानवअधिकार पक्षमा विभिन्न कालखण्डमा अनेक किसिमका सङ्घर्षहरु भए । वर्तमानसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै अघि बढी देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण जग भने २००७ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलन नै हो ।

तत्कालीन अवस्थामा अहिलेको जस्तो जनतामा चेतना नभएको वास्तविकतामा जनस्तरबाट आन्दोलन उठ्ने कुरा असामान्य भएको पोखरेली वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल बताउछन् । विसं २००७ सालको जनक्रान्तिमा पोखराको आन्दोलन भने आध्यात्मिकताको बीउ र निहुँमा थालिएको ८१ वर्षीय बरालले जानकारी दिए ।

उनका अनुसार नेपालमा जहानियाँ राणाशासन चलिरहेका अवस्थामा २००७ साल पूर्व पोखरामा प्रेम चैतन्य नामका महात्मा जस्ता जोगी आएका थिए । वेदलगायतका शास्त्रका विज्ञ अल्मोडे गुरु भनेर चिनिने उनीलाई तत्कालीन पोखरा बजारका साहु महाजनले चिसाखोलामा बस्ने व्यवस्था मिलाएका थिए ।

उनको आगमन पोखरामा कसरी र किन भयो भन्नेतर्फ खासै चासो पुग्न नसकेका अवस्थामा उनले समाजमा विस्तारै प्रभाव पारिरहेका थिए । त्यसै क्रममा २००५ सालतिर कतैबाट अर्का ब्रह्मचारी आइपुगे । कानो जोगी भनेर चिनिने उनलाई प्रेम चैतन्यकै सहयोगमा पोखरामा ढुण्डीराज बरालले तपस्या गरेको ठाउँमा बस्ने व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।

“कानो जोगीलाई बस्ने व्यवस्था मिलाउनका लागि प्रेम चैतन्यले पोखराका होमप्रसाद, ऋषिकेशव, पूर्णभद्रलगायतका व्यक्तिसँग सरसल्लाह गरेका थिए”, उनले भने, “कानो जोगीलाई दाजु होमप्रसादसँग मैले पनि कहिलेकाहीँ दूध पु¥याउन जाँदा भेटेको थिएँ ।”

प्रेम चैतन्य र कानो जोगीले त्यस समयमा अत्यन्त सूक्ष्म ढङ्गले राणशासन विरोधी गतिविधि बढाएको बताउँदै उनले भने “आध्यात्मिक चेतनालाई आधार बनाएर उनीहरूले विभिन्न रुपमा समाजमा राजनीतिक चेतना फैलाइरहेका थिए ।”

यसै क्रममा २००६ चैत २९ गते विन्ध्यवासिनी मन्दिरमा लागेको आगो पनि राणा विरोधी गतिविधि बढाउनका लागि सहयोगी बनेको बूढापाकाको तर्क छ । त्यस समयमा घरवारविहीनका लागि गरिएको क्षतिपूर्तिको माग बडाहाकिम धन शमशेरमा मात्र नभई केन्द्रीय सरकारसम्म पुगेको थियो ।

पोखरा क्षेत्रमा बढ्दै गएको राणाविरोधी गतिविधिबाट झस्किएको तत्कालीन सत्ताले आगलागीको स्थलगत अध्ययन गर्ने बाहनामा दिव्य शमशेर र फत्तेबहादुरलाई पोखरा पठाएर यहाँका गतिविधिको सूक्ष्म अध्ययन गरेको थियो भनिन्छ । त्यसै समयमा पोखरा र आसपासमा राणा रोधी पर्चा छर्न क्रियाशील कानो जोगी कास्की, लमजुङ र तनहुँका गाउँमा क्रियाशील थिए ।

पर्चा छर्ने क्रममा २००६ सालको चैततिर उनी तनहुँको बन्दीपुरमा पक्राउ परे । उनका साथबाट फेला पारिएका कागजातका कारण राणाले धरपकड गर्दा कास्कीबाट माधवप्रसाद घिमिरे, सुन्दरप्रसाद मर्सानी, धर्मशीला अनागरिका, विष्णुहरि पहारी, मीनबहादुर गुरुङलगायतका व्यक्ति पनि पक्राउमा परेका थिए ।

आन्दोलनले गति लिँदै जाँदा २००७ पुस २२ गते प्रेमबहादुर प्रधान, ऋषिकेशव पराजुली, दयाशङ्कर पालिखेलगायतका युवा काँग्रेसको झण्डा लिएर सडकमा निस्केपछि पहिलोपटक उनीहरूलाई गिरफ्तार गरिएको थियो । बढ्दो राणाविरोधी जनलहरसँगै पुस २४ गते पोखराका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा परेका थिए ।

तत्कालीन अवस्थामा आध्यात्मिकतालाई माध्यम बनाएर पोखरामा आन्दोलनको लहर सिर्जना गरेका कानो जोगी २००७ सालको आन्दोलनको सफलतापछि भने सम्पर्कविहीन बनेको बरालको भनाइ छ । विसं २००७ सालको आन्दोलनसँगै त्यस पछिका हरेका संघर्षमा पोखराले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताए । “लोकतन्त्र, मानवअधिकारको प्राप्तिका साथै नेपाली जनतामा सचेतना अभिवृद्धिका लागि २००७ सालको आन्दोलन महत्वपूर्ण जग हो”, उनले भने, “नेपालका हरेक आन्दोलनको सफलतामा २००७ सालको आन्दोलनको जग छ भन्ने कुरालाई विर्सन हुँदैन ।”

नेपालका हरेका सङ्घर्षमा पोखराको भूमिका महत्वपूर्ण रहेको प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली बताउछन् । विसं २००७ पछि भने यहाँबाट प्रकाशित हुने गरेका पत्रपत्रिकाले जनस्तरमा सचेतना धेरै बढाएको उनको धारणा छ ।

जनतामा सचेतनाका लागि पत्रपत्रिकाको आवश्यकता हुन्छ भन्ने महसुस गर्दै २०१७ सालमा पोखराबाट हिमदूत पत्रिकाको प्रकाशन शुरु गरिएको उनले जानकारी दिए । त्यसयता पत्रपत्रिका प्रकाशनको क्रमले पोखरामा गति लिएको उनले बताए ।

नेपालमा २००७ सालको आन्दोलनले नेपाली जनताको स्वतन्त्रता एवं स्वाधीनता स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले यसैका जगमा नेपाल वर्तमानसम्म आइपुगेको बताए।

विसं २००७ सालको क्रान्ति र यसका उपलब्धिलाई ओझेलमा पार्न नहुने नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष प्रा डा भूपति ढकाल ‘कमल’बताउछन् । विसं २००७ सालको क्रान्ति र यसका उपलब्धि ओझेलमा पर्नु समग्र नेपाललाई नै ओझेलमा पार्नुभएको उहाँले बताउनुभयो । समाचाजमा सचेतना नभएको तत्कालीन समयमा आध्यात्मिक चेतनाका माध्यमबाट राजनीतिक चेतना दिने गरिएको बताउँदै उहाँले राणाविरुद्धको आन्दोलनमा शुक्रराज शास्त्रीले सचेतना अभिवृद्धिका लागि आध्यात्मिकतालाई नै माध्यम बनाएको उनको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies