Khabar Dabali Logo
  August 7, Fri

दाङका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच

तुलसीपुर । दाङका विभिन्न स्थानीय तहका ९३ वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । दाङका १०० वडामध्ये ९३ मा स्वास्थ्य संस्था पुगिसकेको र बाँकी सात वडामा स्वास्थ्य संस्था पुग्न बाँकी छ ।

गढवा गाउँपालिकाका तीन र राप्ती गाउँपालिकाका चार बाहेक दाङका दश स्थानीय तहका सबै वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । उपमहानगर तथा नगरपालिकाले वडा–वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेका छन् । गाउँपालिकाले पनि वडावडामा स्वास्थ्य संस्था पुर्याउने कसरत थालिरहेका छन् ।

वडा तहबाटै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको राजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक कमल रोकायले बताए । “हामीले आधारभूत सेवाका लागि घरआँगनमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “यसले बिरामीलाई सहज बनाएको छ ।”

तुलसीपुर उपमहानगरपालिकाका १९, घोराहीका १९, लमही नगरपालिकाका नौ, शान्तिनगर गाउँपालिकाका सात, राजपुरका सात, दङ्गीशरणका सात, बबईका आठ, बङ्गलाचुलीका आठ वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । त्यस्तै राप्ती गाउँपालिकाका नौमध्ये चार वटामा स्वास्थ्य संस्था पुग्न सकेका छैनन् भने गढवाका आठमध्ये तीन वटामा स्वास्थ्य संस्था पुग्न सकेको छैन ।

यसरी गाउँमै स्वास्थ्य संस्था सञ्चालनमा आएपछि विगतजस्तो समस्या नभएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । “विगतमा विकट क्षेत्रका नागरिक उपचारलाई बजार नै आउनुपर्ने अवस्था थियो, त्यसले आवतजावतमा खर्च धेरै लाग्ने तथा सामान्य बिरामी भए बजार क्षेत्रमै आउने अवस्था थियो”, उनले भने, “अहिले त्यस्तो अवस्था छैन्, केही बिरामी पर्यो कि गाउँकै स्वास्थ्य संस्थामा पुग्छन् ।” अहिले विकटका वडामा एम्बुलेन्सको व्यवस्था गरिएकाले बिरामी भएपछि सहजै बजार आउन सकिने उनको भनाइ थियो ।

पछिल्लो समय जनप्रतिनिधिले जनतामाझ गरेको बाचा पूरा गर्न यसरी वडा–वडामा स्वास्थ्य संस्था सञ्चालन गर्ने गरेको भन्दै यसले जनतालाई सहज स्वास्थ्य सेवा प्रदान भएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले बताए । अब दुई÷तीनवटा वडालाई पायक पर्ने गरी विशेषज्ञसहितको सेवा दिने गरी स्वास्थ्य संस्था सञ्चालन गर्न सके प्रभावकारी हुने सरोकारवालाले बताएका छन् । दाङका प्रत्येक स्थानीय तहमा १५ श्य्याको अस्पताल बनाउने योजनाअनुसार बङ्गलाचुली गाउँपालिकाले सञ्चालनमा ल्याएको छ ।

अन्य स्थानीय तहले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन् । तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ । घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । तुलसीपुरमै राप्ती आँखा अस्पताल छ । घोराही, तुलसीपुर, लमहीलगायतमा विशेषज्ञ सेवासहितका निजी अस्पताल सञ्चालित छन् ।

फागुन १ गते, २०७६ - १५:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज थपिएका कोरोना संक्रमित कहाँ-कहाँ हुन् ? (विवरणसहित)

आज थपिएका कोरोना संक्रमित कहाँ-कहाँ हुन् ? (विवरणसहित)

काठमाडौं । गत २४ घण्टामा नेपालमा ४ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । शुक्रबार सुर्खेतका १, झापाका...   

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : नेता रायमाझी

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री...   

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख १८ हजार नाघ्यो

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य...   
राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौ । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन...   

भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा

काठमाडौ । राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे...   

प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन...   

काठमाडौं उपत्यका दुई हप्ताका लागि सटडाउन

काठमाडौं । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय...   

दुई पाङ्ग्रे सवारीमार्फत यात्रु बोक्नेबारे अझै टुङ्गो लागेन

काठमाडौ । दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो...   

कोरोना सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

काठमाडौ । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन...   
काठमाडौँबाट सिमरामा एटिआर–७२ जहाजको उडान हुने

काठमाडौँबाट सिमरामा एटिआर–७२ जहाजको उडान हुने

काठमाडौ । राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top