Khabar Dabali Logo
  February 18, Tue

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

काठमाडौं । नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् ।

तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्र्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने काम प्रधान कार्यालय नक्सालबाटै भएको छ ।

यो समाचार आजको दृष्टि साप्ताहिकमा छ । प्रहरी प्रधान कार्यालयमा दुई एसएसपीविरुद्ध यौन शोषणको उजुरी परे पनि त्यसउपर कुनै छानबिन गरिएको छैन । हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख एसएसपी राकेश सिंहविरुद्ध गम्भीर उजुरीमा प्रहरी मुख्यालयले आँखा चिम्लिएको हो ।

दुवै एसएसपीमाथि महिला प्रहरी कर्मचारीलाई यौन शोषण गरेको आरोप छ । प्रहरी प्रधान कार्यालयले उजुरीउपर चासो नदिएपछि दुवैले गृह मन्त्रालयमा समेत उजुरी गरेका थिए । तैपनि न्याय पाउन सकेका छैनन् ।

प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसाउपर विशेष अभियान चलाइरहेको छ । तर, संगठनभित्रैकै यस्ता घटनामा पनि सिनियर अधिकृतहरुलाई जोगाउने गरेको छ । यसबाट संगठनका तल्लो तहका महिला प्रहरीले प्रहरीभित्रै असुरक्षित महसुस गरेका छन् ।

माघ १४ गते, २०७६ - ०९:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उहाँका दाह्री लामा र सेता भइसकेका...   

टिप्परले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय...   

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको...   

संसदमा गगन थापाले भने – चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू !

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु...   
किन खुला मासु नै रोज्छन् उपभोक्ता ?

किन खुला मासु नै रोज्छन् उपभोक्ता ?

नेपालगञ्ज । नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् ।...   

भरतपुरलाई धूमपानरहित बनाउँने मेयर रेणु दाहालकाे प्रतिबद्धता

चीतवन । भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक...   

कोरोना भाइरस प्रकोप : उहान अस्पतालका निर्देशककै मृत्यु

बेइजिङ । कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार...   

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २००...   

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामप्रसाद दुवाडीको मृत्यु

चीतवन । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ...   

सुतेकै अवस्थामा कैदीको मृत्यु

अछाम । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top