काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा नेता अग्नि सापकोटालाई सभामूख बनाउने सहमति भएको छ। दुई अध्यक्षबीच आज बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामूख बनाउने सहमति भएको नेकपा सचिवालय स्रोतले जनाएको छ।
त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकबाट औपचारिक अनुमोदन गर्ने जनाइएको छ।
सभामुखमा नेता अग्नि सापकोटा, सुवासचन्द्र नेम्वाङ, हरिबोल गजुरेल, देव गुरुङ र पम्फा भुसालको नाम चर्चामा थियो । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले अग्नि सापकोटाको विषयमा प्रमुखताका साथ छलफल चलाएका थिए ।
शनिबार मात्रै सभामुखकै विषयमा प्रचण्डले अग्नि सापकोटालाई भेटेर छलफल गरेका थिए । उनले सापकाटोलाई तयार रहन आग्रह गरेको विषय बाहिरिएको थियो ।
यसअघि पुस २३ मा पार्टी सचिवालय सदस्य बामदेव गौतम निवास भैंसेपाटीमा बसेको पार्टीका शीर्ष नेताहरुको छलफलमा प्रचण्डको प्रस्तावलाई नै अन्तिम मान्ने सहमति भएको थियो । भैंसेपाटी छलफलमा पनि पूर्वमाओवादीका नेताहरु अग्नि सापकोटा र हरिबोल गजुरेलबारे गम्भिर छलफल भएको थियो ।
सत्तारुढ नेकपाले सभामुखको विषय टुंगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक स्थगित हुँदै आएको छ । गत पुस ४ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: