Khabar Dabali Logo
  January 22, Wed

खेल खेल्ने क्रममा मैदानमै झगडा, मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

काठमाडौं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।

एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही रु १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै रु १० हजार जरिवाना गरिएको छ ।

यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई रु ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो ।
––

पुस २५ गते, २०७६ - १२:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

काठमाडौं । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट...   
शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले...   
माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई...   
खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

झापा । खानेपानीमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर...   

धितोपत्र बजारमा सुधार टिकेन

काठमाडौं । मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल...   

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमको सदरमुकाममा बढ्यो रौनक, होटेल, गेष्ट हाउस भरिभराउ

डोटी । यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा...   

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल

कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै...   

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन...   
ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

एथेन्स । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति...   

यसकारण दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

सियोल । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top