Khabar Dabali Logo
  September 27, Sun

पीपीएल क्रिकेटमा धनगढी ब्लुजलाई हराउँदै काठमाडौँको पहिलो जीत

कास्की । पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।

यसअघिका दुई खेलमा पराजित भएको काठमाडौँलाई पहिलो जीत आफ्नो पक्षमा ल्याउने क्रममा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । ‘खेलको म्यान अफ दि म्याच’ मल्लले ३८ बलमा आठ चौका र नौ छक्कासहित टोलीका लागि महत्वपूर्ण १०० रनको योगदान दिए ।

धनगढीले टस जीतेर काठमाडौँलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भएको थियो ।

प्रतियोगितामा आफ्नो दोस्रो जीतको खोजीमा रहेको धनगढी काठमाडौँले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन मात्र जोड्न सक्यो । मौसममा आएको खराबीले गर्दा २० ओभरको खेललाई १७ ओभरमा झारिएको थियो ।

धनगढीका लागि ओपनिङमा सन्दीप सुनारले खाता खोल्न सकेनन् भने रोड्रिगो थोमसले १४ बलमा १० रन लिए । श्रीमान्थ विजयारत्नाले १२ बलमा १५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्को रन जोड्न सकेनन् ।

काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई/दुई तथा अमृत भट्टराई र सुशन भारीले एक/एक विकेट लिए ।

काठमाडौँका शुरुआती ब्याट्सम्यान गौरव तमोर तीन बलमा रनको खातानै नखोलि पेभिलियन फर्किए । अर्का शुरुआती ब्याट्सम्यान जयकृष्ण कोल्सावालले ३७ बलमा ४६ रन जोडे। त्यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका अमृत श्रेष्ठले २१ बलमा ३४ रनको योगदान दिए।

धनगढीका कमल सिंह ऐरीले चार ओभर बलिङ गर्दै चार विकेट लिएर ३७ रन खर्चिनुभयो भने सागर ढकालले एक विकेट लिएका थिए । पुस १२ गतेसम्म जारी रहने प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेता टिमले रु १० लाख पुरस्कार हात पार्नेछन् ।

त्यसैगरी ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभीएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्

पुस २ गते, २०७६ - १४:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा झिनो अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल...   

पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भएनि सम्बधितलाईनै दिन मन्त्रालयको निर्देशन

काठमाडौं । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य...   
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, आज कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, आज कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं । आइतबार सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, आजमात्रै ८०९ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...   

पछिल्लो २४ घण्टामा देशभर थप १५७३ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित...   

मकवानपुर सामरी खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा...   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद‍‍्को बैठक सकिएको...   

प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टाइनमा

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनको निवासको...   

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–प्रचण्ड छलफल, ठोस सहमति भएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको...   

सिन्धमा भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top