Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सडकमै खाऔँ, सडकमै रमाऔ, पोखरा जाऔँ...

पोखरा । पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन आइपुगेको छ । भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन(रेवान) पोखराले अगामी पुस १२ गतेदेखि १६ गतेसम्म पर्यटकीय केन्द्र लेकसाइटको तीन किलोमिटर क्षेत्रमा २१औँ सडक महोत्सव आयोजना गर्दैछ ।

रेवानद्वारा आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जानकारी गराइएको थियो । यस वर्षको महोत्सव सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भसँगै हुँदैछ ।

यसको प्रचारप्रसारका लागि रेवानको टोली इटहरी, जनकपुर हुँदै चितवन आइपुगेको हो । महोत्सवका सहसंयोजक नरेश भट्टराईका अनुसार रु ७० लाखको हाराहारीमा खर्च गरी आयोजना गर्न लागिएको सो महोत्सवमा रु ८५ लाख बराबरको आम्दानी हुने जनाइएको छ । महोत्सवको मुख्य आकर्षक राष्ट्रिय तथा अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालको लोपोन्मुख सांस्कृतिक कार्यक्रम तीन किलोमिटर सडकमा रहेका स्टेजमा प्रदर्शन गरिने, सडकमा नै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाका परिकार रहेका छन् ।

यस्तै हस्तकला प्रदर्शनी, विभिन्न मनोरञ्जनात्मक खेलकूदका कार्यक्रम, साहसिक पर्यटन खेलकूद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रदर्शनीलगायतका रहेको उहाँले जानकारी दिए ।

सो महोत्सवमा चितवन, काठमाडौँ, वीरगञ्ज, भैरहवा, जनकपुर, लुम्बिनीलगायतका जिल्लाबाट र छिमेकी देश भारतको लखनउ, गोरखपुरबाट पर्यटक आउने विश्वास गरिएको छ ।

सडकमा नै विभिन्न प्रकारका दुई हजारभन्दा बढी कक्ष रहने सो महोत्सवमा खानाको परिकारसँगै रमाउन सकिने छ । पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश र पोखराका पर्यटन व्यवसायीसँगै मिलेर लागेको रेवान पोखरा महोत्सव प्रवद्र्धन समितिका संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए।

रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पोखराको पर्यटन प्रवद्र्धनसँगै ती पर्यटकलाई चितवन ल्याउनका लागि सहकार्य भइरहेको बताए । पोखरामा हुने यस महोत्सवमा चितवनको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराइने उनले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies