Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

हाम्रो लागि निकै फाइदाजनक यी पाँच फलफूलको बोक्रा

एजेन्सी । फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन् । हामी धेरैजसो फलको बोक्रालाई बेकार सम्झिएर फाल्ने गर्दछौं जबकी यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धि समस्याबाट बचाउने गर्दछ । वास्तवमा फलफूलको बोक्रामा यस्ता थुप्रै पौष्टिक तत्व पाइन्छ जो हाम्रो छालाका लागि निकै फाइदाजनक छन् । यस्ता फलफूलको प्रयोग गर्दा तपाईंले गोरो र चम्किलो अनुहार पाउनुका साथै थुप्रै रोगबाट पनि जोगाउँछ ।

खरबुजाको बोक्राः

खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।

सुन्तलाको बोक्राः

सुन्तला भिटामिन सी ले भरपुर फल हो । भिटामिन हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सक्नुहुन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।

केराको बोक्राः

केराको बोक्रामा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी–सिक्स, बी–१२, म्याग्नेसियम र कार्बोहाइड्रेट हुन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन५ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

अनारको बोक्राः

अनारको बोक्राको प्रयोग छालाका लागि निकै राम्रो मानिन्छ । घाममा जानूभन्दा पहिले यदि तपाईंलाई सनस्क्रिन लगाउँदा एलर्जी हुन्छ भने अनारको बोक्राको पेस्ट लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ ।

मेवाको बोक्राः

मेवा एउटा यस्तो फल हो जसले कब्जियत, अपच, ग्यासजस्ता समस्याबाट छुटकारा दिलाउँछ । यसका साथै यसको बोक्रा पनि छालाका लागि निकै फाइदाजनक मानिन्छ । मेवाको बोक्रा अनुहारमा लगाउँदा विभिन्न प्रकारका लाभ पाइन्छन् । यसमा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले यसले चाउरीपनाबाट राहत प्रदान गर्द

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies