Khabar Dabali Logo
  January 26, Sun

स्थानीयको गुनासो : गाडी आएर के गर्नु, खेतबारी बाँझै छन् !

जाजरकोट । नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री अहिले ६७ वर्षका भए । यहाँ सानो हुँदादेखि गाउँमा पानी ल्याएर जग्गा जमीनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो ।

सानो छँदा उठेको कुरा उनले उमेरले सात दशक टेक्न लाग्दासम्म पूरा हुन सकेको छैन । उनका बाबाको सपना, उनको सपना र उनका छोराका सपना सबै पानी ल्याएर घर नजिकैको खेतबारी सिँचाइ गरेर वर्षे र हिउँदेबाली लगाएर मनग्य आम्दानी गरी वर्षभरि आफैंले उत्पादन गरेको खाद्यान्न प्रयोग गर्नुथियो । उनी भन्छन्, “हाम्रो सीमा गाउँमा हजुरबुबादेखिको सपना, मेरो छोरा आधा उमेर पुगुञ्जेलसम्म पूरा हुन सकेन, आजभोलि नाति, नतिना खेतबारी लगाउनै अल्छी मान्न थाले ।” विकासको नाममा सडक आएको छ, मोबाइल फोनमा घरभित्रैबाट देश, विदेशमा कुरा गर्न सकिन्छ तर पेट भर्नका लागि चाहिने खाद्यान्न उत्पादन गर्ने मुख्य जमीन भने वर्षेनी हिउँद याममा बाँझो रहँदै आएको छ ।

त्यस्तै अर्का ५६ वर्षीय कलीमान कामी भन्छन्, “गाडी, मोटर त हिउँद याममा घर नजिकै आउँछन्, चढेर आउने सजिलो त भयो, खेतबारीमा उत्पादन भने केही पनि छैन, सबै जग्गा जमीन बाँझै छ,उत्ता पठाउँदा खाली जान्छ ।” कति पटक हामीले सिँचाइका लागि सबैलाई अनुरोध गरिसकेम तर कसैले पनि ध्यान दिँदैनन् उनले थपे, “हामीले हाम्रो जमीनमा आफैँले उत्पादन गरेको अन्नले वर्षभरि खाना पुग्ने वातावरण सरकारले तयार गरोस्, त्यही माग रहेको छ ।”

काम गर्ने तर भोकै मर्ने विधिको अन्त्य होस् भन्दै अर्का कृषक हरिबहादुर खत्री भन्छन्, “किसानको जीवनस्तर माथि नउठेसम्म, नयाँ नेपालको सपना पूरा हुन सक्दैन रु त्यसैले कृषकको अवस्था बदल्नतिर सबै तहका सरकार लाग्नुपर्ने हाम्रो माग हो ।” पर्याप्त सिँचाइ, कृषि प्राविधिक र बीउको व्यवस्थापन गरी कृषकको ऊर्जाशील समयलाई सदुपयोग गर्नसमेत खत्रीले अनुरोध गरे । खेतबारी सिँचाइ गर्नका लागि पानी छैन, घरमा बसेर के काम भो र ? हामी खाद्यान्न लगाएका वस्तुको खरिद गर्ने रकम कमाउन भारत जाने गरेको पीडा कृषक मनबहादुर खत्रीले दुखेसो पोखे ।
््
दशैँ, तिहारजस्ता पर्व मनाएर भारत तथा काठमाडौँमा गएर मजदूरी गर्न बाध्य हुनुपरेको छ, सबै सुविधा भएको भए आफ्नै बाँझो जमीनमा तरकारी, खाद्यान्न उत्पादन गरेर पेटभरी खाने मात्र होइन, बजारसम्म लिएर बिक्री गरी अर्थ उर्पाजनको काममा लाग्ने इच्छा रहेको खत्रीको भनाइ छ ।

घरमा छोराछोरी श्रीमती अनि आफन्तसँग बसेर आफ्नै खेतबारीमा खाद्यान्न उत्पादन गर्ने इच्छा हुँदाहुँदै पनि थाकथलो छाडेर छ महिना बाहिर बस्नु रहर नभई बाध्यता भएको तासेका इन्द्रबहादुर खत्रीले बताउनुभयो । “दुई वर्ष पहिले नजिकै पानी घट्ट थिए, एक घण्टा टाढा रहेको खोलाबाट पाइपमा पानी ल्याएर केही पैसा भएका गाउँले मिलेर जमीन सिँचाइ गरी तरकारी उत्पादनसम्म गरिन्थ्यो, अहिले सडक निर्माण भएसँगै पानी स्रोत पुरिएका कारण अन्न पिस्ने पानी घट्टसमेत बन्द भएका छन्, सिँचाइका लागि राखिएका पाइपसमेत खोलामा पानी नहुँदा रित्तो भएको छ”, काङजाका मानबहादुर खत्रीले भने ।

सडक निर्माणसँगै अधिकांश ठाउँमा पानीका मुहान पुरिँदा सिँचाइ सुविधाबाट सयौँ गाउँलेका खेतबारी बाँझै रहेका छन् । पानीकै अभावमा पानी घट्टसमेत बन्द भएको स्थानीयवासी बताउँछन् । सडकमा हिउँद याममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् भने कृषकका खेतबारी वर्षायाममा आकाशे पानीको भरमा मात्र मकैखेती लगाउन मिल्ने भएको कृषक बताउँछन् ।

जिल्लामा रहेका सिँचाइ कार्यालयले योजना प्राथमिककीरण गर्न नसक्दा जिल्लाका सबै ठाउँमा सिँचाइ सुविधा पुग्न नसकेको आरोप लाग्ने गरेको छ । पहुँचको भरमा सिँचाइ आयोजना छनोट हुने र निर्माण भएका आयोजनासमेत दिगो नहुँदा वर्षेनी करोडौँ रकम फजुलमा खर्च भएको नागरिक अगुवाको तर्क छ ।

स्थानीय सरकारले समेत सिँचाइ सुविधाभन्दा सडक निर्माणलाई पहिलो प्राथमिकता दिँदा कृषकको माग सम्बोधन हुन सकेको छैन । सिँचाइ कार्यालयले अहिलेसम्म जाजरकोटको कति भागमा सिँचाइ पुगेको छ भन्ने तथ्याङ्कसमेत निर्माण नगरेको बताएको छ ।

जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा नहुँदा वर्षायाममा मात्र खेती हुने गर्दछ भने हिउँद याममा बाँझो रहने गरेको छ । यसले गर्दा बाहिरबाट आयतित खाद्यान्नले यहाँका स्थानीयवासी छ महिनाभन्दा बढी निर्भर हुने गरेका छन् ।

मंसिर २६ गते, २०७६ - १०:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति पुन

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा...   

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

काठमाडौं । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले...   

नेप्सेमा २१ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको...   

काँग्रेस नेकपासँग कमन्डलु लिएर उपसभामुख माग्न जाँदैन : नेता रिजाल

काठमाडौँ । कांग्रेस सांसद मीनेन्द्र रिजालले कांग्रेसले नेकपासँग उपसभामुख पदमा बार्गेनिङ गरेर सभामुखको...   

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै...   

हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकूको मृत्यु

मजार ए शारिफ । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको...   
अत्यधिक बर्षाका कारण १४ को मृत्यु

अत्यधिक बर्षाका कारण १४ को मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४...   

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सभामुख घोषण गर्न प्रतिनिधिसभा बैठक आइतबार दिउँसो ३ बजे बस्न लागेको सचिवालयले जनाएको छ।...   

रौतहटको चौकीनजिकै शंकास्पद वस्तु फेला, सेनाको टोली बोलाइयो

रौतहट । रौतहटको चन्द्रनगाहपुर चौकीनजिकै शंकास्पद वस्तु भेटिएको छ ।आइतबार करिब १२ बजेतिर नेपाल बैंक...   
क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ को सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top