Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसकारण झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस

भद्रपुर । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश्रित बालवालिका ६ जना बस्दै आएका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा दुर्घटना जोखिम बढेको चौतर्फी गुनासो बढेकै बेला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित स्थानीय सिफारिस समिति झापाको बैठकले झापा कारागारलाई भद्रपुर–१० कलबलगुढीस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको जग्गामा स्थानान्तरण गर्न सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रशिक्षण केन्द्रको नाममा रहेको कित्ता नं २४७ को ३२ बिघामध्ये उत्तरपूर्वतर्फको १० बिगाहा जग्गामा झापा कारागार स्थानान्तरण गर्नुपर्ने निर्णयसहितको सिफारिस गृहमन्त्रालयमा पठाएको छ ।

हालको कारागार रहेको स्थानभन्दा करिब तीन किलोमिटर पश्चिममा सरकारको स्वामित्वमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको जग्गा छ । विसं २०४६ अघिसम्म पञ्चायत प्रशिक्षण केन्द्रका रुपमा चल्तीमा रहेको सो प्रतिष्ठान तीन दशकदेखि प्रयोगविहीन अवस्थामा छ । त्यहाँ पुराना कार्यालय भवन, आवासगृह र सभाहल छन् भने खाली जग्गामा झाडी उम्रिएको छ । सोही स्थानमा कारागार स्थानान्तरण गर्ने पहल भइरहेको हो ।

जिल्लास्थित सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कामका लागि गठित स्थानीय सिफारिस समितिले गरेको निर्णय गृह मन्त्रालयमा पुगेपछि त्यसलाई कार्यान्वयन ल्याउन मन्त्रीपरिषद्को बैठकबाट अनुमोदन हुनुपर्दछ । जिल्लास्थित प्रमुख राजनीतिक दलले कारागारलाई अन्यत्र सार्ने विषयमा समर्थन जनाउँदै आएका छन् । कारागारलाई प्रशिक्षण केन्द्रको जग्गामा स्थानान्तरण गर्नका लागि सिफारिस गर्ने समितिको सदस्यमा डिभिजन वन, नापी कार्यालय, भद्रपुर नगरपालिका कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालय झापा छन् ।

हालको कारागार परिसर एक बिघा क्षेत्रफलमा छ । कारागारको आफ्नो स्वामित्वमा चार कट्ठा तीन धुर जग्गा मात्र छ । यथास्थानमा कारागारको नयाँ भवन बनाउन जग्गा अपर्याप्त हुने भएको हुँदा नयाँ स्थानमा लैजानुपर्ने भएको हो । ढल निकासको समस्या बढेर कारागार वरपरको गाउँ दुर्गन्धित भएको छ । स्थानीयवासीले कारागार सार्न दबाब दिँदै आएका छन् । कारागारको छत चुहिने भएको कारण वर्खामा कैदीबन्दी छाता ओढेर सुत्नुपर्ने अवस्था छ । कारागारभित्र शौचालयको असुविधा र फोहरमैलाको समस्या बढेको छ । शौचका लागि निकै समय कुर्नुपर्ने र खाटमा सुत्न पालो पर्खनुपर्ने समस्या छ ।

बस्नका लागि ठाउँ नभएको उकुसमुकुस र जीर्ण झापा कारागारलाई सुविधाजनक नयाँ भवनमा नसारी नहुने अवस्था सिर्जना भएको झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल बताउछन् । कारागारको जीर्ण भवनमा २०६३ सालमा कैदीबन्दी बीचको द्वन्द्वका बेला आगलागी भएको थियो । आगलागीले भवनलाई झन रुग्ण बनाएको थियो । विसं २०७२ सालमा भूकम्प जानुभन्दा अघि नै भवन जोखिमपूर्ण भएको जनाउँदै शहरी विकास तथा भवन कार्यालयले निरीक्षण गरी बस्न अयोग्य भएको प्रतिवेदन दिइसकेको थियो ।

चन्द्रगढी विमानस्थलको उडान सुरक्षा र विस्तारका लागि धावनमार्गको नजिक रहेको कारागारलाई अन्यत्र सार्न जरुरी रहेको चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडाल बताउछन् । विमानस्थल विस्तार र उडान सुरक्षाका लागि झापा कारागार, जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको चन्द्रगढी गुल्म र नेपाल स्काउट कार्यालयको भवन हटाउन सम्बन्धित निकायलाई आग्रह गरिसकेको विमानस्थलका प्रमुख चुडालले जानकारी दिए ।

“जिल्ला प्रशासन र आर्मीको व्यारेक संवेदनशील एप्रोच एरियामा परेको कारण हटाउनुपर्ने भएको हो”, विमानस्थलका प्रमुख चुडाल भन्छन्, “विस्तार र विकासका लागि दक्षिणतर्फ ठाउँ नभएको हुँदा उत्तरतर्फको कारागार स्थानान्तरण गरेर भए पनि त्यहाँ एयरपोर्टको संरचना बनाउनुपर्ने हुन्छ ।”

झापा कारागारमा आधा जति कैदीबन्दी जघन्य अपराधमा कैद तथा बन्दी जीवन बिताइरहेका छन् । कारागारका निमित्त प्रमुख हिमादेवी पौडेलका अनुसार कर्तव्य ज्यान, लागुऔषध, जीउ मास्ने बेच्ने, जबर्जस्ती करणी र अपहरण मुद्दाका कैदीबन्दीको सङ्ख्या नै ६३७ पुगेको छ । सबै मुद्दाका गरी कारागारमा हाल एक हजार १५९ कैदीबन्दी छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका सबैभन्दा बढी २६९ कैदीबन्दी । त्यस्तै लागुऔषध मुद्दाका १५९, कर्तव्य ज्यान मुद्दाका ८६, जीउ मास्ने बेच्ने मुद्दाका ७४ र अपहरण मुद्दाका ४९ कैदीबन्दी छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies