Khabar Dabali Logo
  August 3, Mon

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर’

काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ ।

यही कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,०००।– मुल्याँकन जस्ता उत्कृष्ट अफरहरु रहने छन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् ।

योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक श्री शाहिल अग्रवालले भन्नु भयो “हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ । यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं । यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ ।”
ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।

टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।

कात्तिक १ गते, २०७६ - १२:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको...   

कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टाको अवधिमा ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं । सोमबार थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या...   

नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ...   

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा त्रुटिनै त्रुटि, भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी...   

१५१ स्थानीय तहले अझै बजेटको विवरण पठाएनन्

काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य...   

एसिड आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई...   

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका...   

क्रिकेट खेलाडी सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट...   

तनहुँको गाईमा देखियो नयाँ भाइरस

तनहुँ । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण...   

अर्को निर्णय नभएसम्म विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह

बनेपा । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top