Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

म्याग्दीमा हिमपातका कारण जनजीवन प्रभावित

गलेश्वर । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।

मङ्गलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ग्रामीण क्षेत्रमा हावाहुरीसँगै वर्षा र हिमपात शुरु भएको हो । बेनी नगरपालिकाको ग्रामीण बस्तीमा सामान्य हिमपात भए पनि मालिका, मङ्गला, धौलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा चौँथो पटक हिमपात भएको छ ।

मालिका गाउँपालिका–५ देवीस्थान हिमपातले सेताम्ये भएको छ भने ओखरबोटलगायतका ठाउँमा पनि अहिले हिउँ परिरहेको स्थानीय टेकबहादुर बुढाले जानकारी दिए । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रमा पटक पटक हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण चिसो बढेपछि स्थानीय बाहिर निस्कन नसकेका ताकमका बुद्धिप्रसाद सुवेदीले बताए ।

उता म्याग्दीको दुर्गम गुर्जामा पुरानै हिउँ पग्लिनसकेको अवस्थामा पुनः हिमपात भएपछि समस्या उत्पन्न भएको छ ।

विद्यालयलाई ल्यापटप सहयोग

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले रु १७ लाख मूल्य बराबरका १९ थान ल्यापटप सहयोग गरेको छ ।

दक्षिण कोरियाको अम हङ गिल फाउण्डेशनले रु १७ लाख मूल्य बराबरको १९ थान ल्यापटप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनले जानकारी दिए । संस्थाका प्रतिनिधिले विद्यालयमा हालै आयोजित एक कार्यक्रममा ल्यापटप हस्तान्तरण गरेको अध्यक्ष पुनले जानकारी दिए ।

सो संस्थाले यसअघि विद्यालयको भवन निर्माणमा पनि सहयोग गरेको थियो । भवनलगायत पूर्वाधार र शैक्षिक क्षेत्रमा संस्थाले रु डेढ करोड बराबरको सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies