Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

वडामा योजनाको चटारो, ४२ योजना स्विकृत

बागलुङ । गलकोट नगरपालिका–३ मा चालू आवका लागि ४२ योजना स्विकृत भएका छन् । तीमध्ये तीस योजनाको सम्झौता हुनाका साथै १४ सम्पन्न पनि भइसकेका छन् । वडा कार्यालयहरूले योजनाको कामलाई गति दिएका छन् । चैतभित्र सबै योजना सम्पन्न गरिने वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । वडा कार्यालयले आर्थिक वर्षको अन्तिममा आएर काम गर्ने परिपाटीे अन्त्य गर्न चाहेको उनको भनाइ थियो । “चैतभित्रै योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छौँ”, वडाध्यक्ष भण्डारीले भने, “कामलाई गति दिनाका साथै अनुगमन पनि भइरहेको छ ।” साना योजनादेखि दीर्घकालीन महत्वका योजना पनि उक्त वडामा परेका छन् । नगरसभाले गौरवका योजनामा वडा नं ३ मा छाँगावरोहण ९क्यानोनिङ० लाई पारेको छ । सहस्रधारामा रहेको झरनामा छाँगावरोहण सञ्चालनका लागि पूर्वाधार विकासको काम गरिने भएको छ । हटिया बजारमा सौर्यबत्ती राख्ने, नाङ्गो तार हटाउनेलगायत योजना पनि वडा कार्यालयले अघि सारेको छ । गलकोट नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं ३ मै पर्छ । बढ्दो बजारीकरणसँगै ‘पार्किङ’ व्यवस्थापनको चुनौती थपिएको छ । “गलकोटमा बसपार्क छैन, पार्किङ अस्तव्यस्त छ”, वडाध्यक्ष भण्डारीले भने, “बसपार्कको योजना नगरपालिकाकै प्राथमिकतामा छ, वडाबाट पनि पहल हुन्छ।” नगरपालिकाका अनुसार तत्काल बसपार्क निर्माणका लागि जग्गाको अभाव भएकाले अस्थायी रुपमा भए पनि बसपार्क राख्न जग्गाको खोजी भइरहेको छ । मध्यपहाडी लोकमार्गमा सवारीसाधनको चाप बढेसँगै बसपार्क आवश्यकता खड्केको हो । वडा नं ३ भित्रका ४० वर्ष काटेका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच सेवा पनि उपलब्ध गराउने तयारी भइरहेको छ । हटिया स्वास्थ्यचौकीसँगको सहकार्यमा चिनी, उच्च रक्तचापलगायत रोगको निःशुल्क जाँच हुँदै आएको छ । भौतिक पूर्वाधारसँगै सामाजिक विकास र सामाजिक सुरक्षाका क्षेत्रमा वडाका योजना केन्द्रित छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies