Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आर्थिक अभावकै कारण एक दशकदेखि महिला बन्दीगृह अलपत्र

पर्वत। जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ । निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु १४ लाखमात्र निकासा भएको थियो । पटकपटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि पर्वत कारागारमा निर्माणाधीन अवस्थाको बन्दीगृह निर्माण प्रभावित बनेको हो । कारागार कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले भने, “अलपत्र अवस्थाको बन्दीगृह सम्पन्न गर्न वर्षेनी बजेट माग गरेको भए पनि कुनै सुनुवाइ भएको छैन, आर्थिक अभावले पूर्णता दिन सकिएको छैन ।” निकासा भएको रु १४ लाखले पर्खाल निर्माणको आधा काम सकियो । अहिले निर्माणाधीन सो बन्दीगृहमा झारपात हुर्किएको छ । पर्खालसमेत जीर्ण बनेको छ । विसं २०६६ माघबाट निर्माण शुरु गरिएको बन्दीगृहको १० प्रतिशत पनि काम सकिएको छैन । एक वर्षभित्रै निर्माण सक्ने लक्ष्यसाथ निर्माण थालिए पनि समयमै बजेट निकासा नहुँदा अलपत्र बनेको कार्यालय प्रमुख उपाध्यायले बताए । महिलाका लागि छुट्टै बन्दीगृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो । उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गरिएको थियो । पच्चीस कैदीबन्दी क्षमताको पर्वत कारागारमा अहिले पाँच महिलासहित ७८ कैदीबन्दी छन् जसमध्ये ७२ लाई कैद समय तोकिएको छ । छ थुनुवा छन् । महिला बन्दीगृह निर्माणपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ । सङ्ख्या अत्यधिक भएकैले दुई वर्षअघि कारागारमा कैदीबन्दीबीच झगडा भएको थियो । साँघुरो भवनमा ठूलो सङ्ख्या व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । तीनै तहका सरकार बनिसकेपछि अलपत्र बन्दीगृह निर्माणका लागि कसैले चासो नदिएको कार्यालयको गुनासो छ । ्
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies