Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ठेकेदारले ढिलासुस्ती गरेपछि धमाधम पेश्की फिर्ता

म्याग्दी। बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती गरेपछि महादेव–खिम्ती–ज्वाला–रफीना जेभीको बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले बेनी अस्पतालको पचास शय्या क्षमताको भवन निर्माणको जिम्मा पाएको थियो । पेश्की लगे पनि कार्ययोजना र लक्ष्यअनुसार काम गर्न नसकेपछि रु ६६ लाख असुल गराउन जमानत बसेको बैंकलाई पत्राचार गरिएको कार्यालयका लेखा अधिकृत मीनबहादुर बानियाँले बताए । विसं २०७३ मंसिर २१ गते रु १८ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको थियो । “निर्माण कम्पनीले हालसम्म पाँच प्रतिशत पनि काम गरेको छैन,” डिभिजन कार्यालयका इन्जिनियर गणेश महर्जनले भने । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा २०७६ मंसिर २० गतेभित्र चारतले भवन निर्माण गर्ने सम्झौता भएको थियो । अठार महिनाको अवधिमा डिपिसी र पिल्लर ठड्याउने कामसमेत सकिएको छैन । गत फागुनदेखि कम्पनीका कर्मचारी सम्पर्कबिहीन छन् । “पटकपटक काम गर्न अनुरोध गरेपनि अटेर गरेकाले कारबाही प्रक्रिया अघि बढाएका हौँ,” इन्जिनियर महर्जनले भने । भवन निर्माणमा ढिलाइ हुँदा सेवाप्रवाहमा असर परेको बेनी अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक डा रोशन न्यौपानेले बताए । चिकित्सक आवास भवन निर्माण भने अन्तिम चरणमा पुगेको छ । हाललाई अस्थायी भवन निर्माण गरी बिरामीलाई सेवा दिने व्यवस्था मिलाइएको छ । पन्ध्र शय्याको उक्त अस्पताललाई विस्तार गरी २०७२ सालमा पचास शय्यामा स्तरोन्नति गरिएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies