Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दुई हप्तामै यसरी फेरियो भरतपुर

चितवन । जिल्लाको भरतपुर महानगरपालिकाले राजमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा ईरिक्सा, अटो र ट्याम्पोलाई रोक लगाएको दुई सातामै महानगरपालिकाको मुहार फेरिएको छ । महानगरले जेठ १५ गतेदेखि भरतपुर र नारायणगढबजार क्षेत्रमा फुटपाथ व्यापार गर्न रोक लगाएपछि अहिले महानगरपालिकाको मुहार फेरिएको हो । अहिले भरतपुर र नारायणगढ बजार क्षेत्रमा ५ सय मिटर दायाँबायाँ ठेला तथा फुटपाथ पसल राख्न बन्द गरिएको छ । जसले गर्दा अहिले आवतजावतमा निकै सहज भएको छ । बालकुमारी कन्या माविको छेउमा रहेको ६ कठ्ठामा सटर निर्माण गरी १ सय ७० फुटपाथ व्यवसायीलाई व्यवस्थापन गरेको छ । यसअघि पटक(पटक फुटपाथ हटाउने भनिएपछि महानगर असफल बनेको थियो । निर्वाचित जनप्रतिनिधिले एक बर्षको अवधिमा गरेको देखिने काम भनेकै फुटपाथ हटाउने र तीन प्रांग्रे सवारीलाई राजमार्गमा गुड्न रोक लगाउने हो । पूर्व(पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिकाले सडक छेउमा पार्किङ निषेध गरेर बजारका तीन ठाउँमा सवारी पार्किङ स्थल निर्माण गरेको छ । ट्राफिकले सवारी आवागनमलाई सहज बनाउन र ट्राफिक प्रहरीको पनि सहजताका लागि अहिले विभिन्न स्थानमा महानगरको सहकार्यमा आकर्षक ट्राफिक पोष्ट निर्माण गरिएको छ । बसपार्क चोक, हाकिमचोक, चौंबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, शहिदचोक, पुल्चोकमा गरी १२ वटा ट्राफिक आइल्याण्ड निर्माण गरिएको छ । यसले बजारलाई थप व्यवस्थित बनाएको छ । बजार क्षेत्रमा बर्षोदेखि नबलेका सडक बत्तीहरुलाई बाल्ने काम गरिएको छ । लामो र छोटो दुरीका सवारीलाई बजार क्षेत्रमा मानिस चढाउने र झार्ने निश्चित ठाउँ तोकिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जनप्रतिनिधि आएपछि शहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियान सुरु गरिएको बताइन्। पार्किङसँगै ढल व्यवस्थित गर्ने, सडक फराकिलो पार्ने, रातको समयमा सबै ठाउँमा सडक बत्ती राख्ने र रुख विरुवा लगाएर हरियाली बनाउने उनले बताइन् । नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनल बाहेक अन्यत्र पार्किङ गर्न निषेध गरिएको छ । बजार क्षेत्रमा अटो रिक्सा र ट्याम्पो हटाएपछि ट्राफिक व्यवस्थापनमा निकै नै सहजता आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताए । फुटपाथमा पैदल यात्रुको अधिकार बल्ल स्थापित भएको ट्राफिक प्रमुख गौतमको भनाइ छ । लायन्स चोकको फलफूल तथा तरकारी बजारलाई क्षेत्रपुरमा स्थानान्तरण गर्ने काम भइरहेको छ । बजार क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाएसँगै ठूलो संख्यामा चारपांग्रे भित्रिन नदिन सरोकारवाला संस्थामा पत्राचार गरेको छ । महानगरले बैंक, वित्तीय संस्था, ठूला कम्प्लेक्सलाई पत्राचार गरेर आ(आफ्नो पार्किङको व्यवस्थापन गर्न आग्रह गरेको छ । वडामा व्यवस्थित हाट बजार निर्माण भइरहेका छन । भरतपुर महानगरपालिका क्षेत्रमा ८ वटा स्थानमा हाट बजार लाग्छ । तीन बर्षदेखि इरिक्सा चलाउँदै आउनु भएका भरतपुर ४, त्रिचोकका हिमाल काफ्लेले राजमार्गमा गुडाउन नपाउँदा आम्दानी घटेको बताए । यसअघि दैनिक एक हजार रुपैयाँ आम्दानी हुने गरेकोमा अहिले ५ सय रुपैयाँमात्र कमाइ हुने गरेको बताउँदै काफ्लेले भने, ‘आफ्नो सवारी साधन हुनेहरु खुसी भएका छन, नहुनेहरु दुःखी भएका छन ।’ सडक र फुटपाथमा हिड्नेहरुले भने फुटपाथ र तीनपांग्रे हटेकोमा खुसी लागेको बताएका छ्न । गैडाकोटकी शर्मिला महतोले पहिलाको नारायणगढ बजार र अहिलेको बजारमा धेरैं फरक पाएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies