Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

पहिरोमा पुरिएर दुईजना गम्भीर घाइते, पुरै गाउँ पहिरोको जोखिममा

दोलखा। जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु बसेको घर पुरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारार्थ सिङ्गटी ल्याइएको छ । बुलुङको सबै गाउँ पहिरोको जोखिममा परेको छ । पहिरोले सिङ्गो वडामा क्षति पु¥याएकाले अनुगमन भइरहेको र क्षतिको विवरण संकलन हुन अझै केही समय लाग्ने विगु गाउँपालिका–३ का अध्यक्ष श्रीराम खड्काले बताए । वडाभरिका करीब ६०÷७० घर पहिरोको जोखिममा परेको जानकारी आएको खड्काले बताए । पहिरोले साविक बुलुङ गाविस– ७ पाइनगाउँमा पनि ३३ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीय केशर लामाले दिएको जानकारीअनुसार माथिबाट पहिरो र तलबाट खोलाले तानेपछि सो क्षेत्रका ३३ घरपरिवार जोखिममा परेका हुन् । स्थानीय असली तामाङ र डम्बरे तामाङको घर उच्च जोखिममा रहेको उहाँले बताए । बुलुङकै भिरमुनीमा पनि सात आठ घर पहिरोको जोखिममा परेको स्थानीयवासी भुवन बरालले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies