Khabar Dabali Logo
  December 1, Tue

विदेशमा हाेइन अब अाफ्नै भूमीमा पसिना बगाउने वातावरण बनाउदै छाैं: शाही

काठमाडाै । ४० सदस्यीय प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसद रहेकाे प्रदेश नम्वर छ मा अाज शुक्रबार मन्त्रालय र मन्त्रीहरुको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

मुख्यमन्त्रीसंगै सरकारको आकार ग्रहण गर्ने गरी अाज केही मन्त्रीहरुले सपथ लिने माअाेवादी नेताले बताए । कालिकोट प्रदेश सभा (ख) बाट निर्वाचित सांसद महेन्द्र बहादुर शाही मुख्यमन्त्री भएपछि सम्भावना र चुनाैतीका विचबाट विकासका ढाेका खाेलिने प्रदेशवासीले बताएका छन् ।

जनमुक्ति सेनामा रहेर जनताकाे सेवा गरेका शाही जनसेनाकाे ६ नम्वर डिभिजन कमाण्डर पनि थिए । लगाव, निडर र दुरदृष्टि भएका शाही माअाेवादी भित्र शालिन नेताका रूपमा चिनिन्छन् । त्यहि भएर हाेला उनलाइ पार्टीका तर्फबाट सरकारमा ऊर्जामन्त्रीका रूपमा पठाएकाे थियाे ।
पूर्व उर्जामन्त्री हुदा शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरे । त्यस पछि उनकाे चर्चा राजनीतिमा अाकाशीयाे ।

परिवार भन्दा पार्टीलाइ बढी माया गर्ने माओवादी नेतामा ‘प्रज्वल’ एक हुन । जनसेनाकाे डिभिजनको कमाण्डर बनेका शाही सेना समायोजनमा गएकाे भए ठूलै पदमा बहाली हुने थिए तर सम्मानजनक समायाेजन नभएपछि खुल्ला राजनीतिबाज जनताकाे सेवा गर्ने बाटाे राेजे ।

समायाेजनबाट बाहिर निस्केका धेरै जनमुक्ति सेना खाडीमुलुकमा परिना बगाइ रहेका छन् । उनिहरूलाइ अब नेपाल फर्काएर नेपाली भूमिमा पसिना बगाउने वाताबरण मिलाउने बताउछन् शाही । हिजाेकाे त्याग, बलिदानी र देश प्रतिकाे भावना उजागर र जाँगर सेलाएकाे छैन चाहे त्याे खाडीमुलुक हाेस या अन्य मुलुक ।

अब उनीहरूकाे जाँगर चलाउने बातावरण नेपालमै बनाउने साेच शाहीकाे छ ।
०४८ सालबाट कम्युनिष्ट पार्टीमा अावद्व शाही माअाेवादीले संचालन गरेकाे जनयुद्वमा दर्जनौं आक्रमण र युद्ध मोर्चाको नेतृत्वदायी भूमिका खेलेर सफल्ता हासिल गरेका थिए ।

जनसेनाको कमाण्डर भएर हिजाे जनताकाे सेवा गरियाे अाज मुख्यमन्त्री भएर थप जिम्मेवारी अाएकाे अब जनताकाे चाहना विकास निर्माणमा भइदिए राम्राे हाेस भन्ने छ त्यसै अनुरूप अगाडि बढिन्छ नेता शाहीले भने ।

खबरडबलीसंग कुराकानी गर्दै शाहीले कर्णाली प्रदेशकाे जल, जंगल र जडिवुटीकाे संरक्षण, संवर्दन र उपयाेग गरेर पर्यटकियहवका रूपमा विकास गरेर लैजाने भन्दै समृद कर्णाली बनाउने बताए ।

त्यस्तै छ नम्वर प्रदेश मुख्यमन्त्रीमा दावी गरेका माअाेवादी नेता नरेश भण्डारीले शाहीलाइ बधाइ दिदै सामाजिक संजालमा भनेका छन्, ऐतिहासिक जिम्मेवारी र अब्बल कार्यकालका लागि सुभकामना ! यही भनाइका अाधारमा पनि माअाेवादी फुट्न हाेइन जुटेर काम गर्न सिपालु छन् भन्ने संकेत गरेका छन् ।

 

 

 

फागुन ४ गते, २०७४ - ०८:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top