Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’

\"\"काठमाडाै । एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ । बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ । प्रधानमन्त्रीको कार्यकालबारे असहमति जारी त्यस्तै, छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ । बिहीबार सरकार गठन प्रक्रिया बढाउँछौँ : श्रेष्ठ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाइसकेकाले बिहीबारै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने गरी निर्णय गरिने जानकारी दिए । ‘आयोगले परिणाम बुझाइसकेका अवस्थामा तत्काल प्रक्रिया बढाउन भोलि नै निर्णय गरेर अघि बढ्छौँ,’ श्रेष्ठले भने । ९५ प्रतिशत काम सकियो, बिहीबार टुंग्याउँछौँ एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता संयोजन समितिले एकतासँग सम्बन्धित ९५ प्रतिशत काम सम्पन्न गरिसकेकाले बिहीबारै सबै टुंगो लगाउने जानकारी दिए । ‘९५ प्रतिशत काम सकिएको छ, बिहीबार सबै टुंगो लाग्छ,’ गौतमले भने । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संयोजन समितिमा एकतासम्बन्धी गम्भीर छलफल भएको जानकारी दिँदै थोरै बाँकी विषयको छलफललाई निरन्तरता दिँदै बिहीबार टुंगो लगाइने बताए । ‘कुराहरू सबै मिल्दै गएका छन्, नमिलेर अड्किएको होइन,’ बैठकपछि श्रेष्ठले भने, ‘समय अभाव भएकाले छलफललाई निरन्तरता दिएर बिहीबार सबै विषय टुंगो लगाइनेछ ।’ केपी ओली प्रधानमन्त्रीका उम्मेदवार एमाले स्थायी समितिले पार्टी अध्यक्ष केपी ओलीलाई वाम गठबन्धनका तर्फबाट सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी समितिको ललितपुरमै बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘गठबन्धनको साझा सहमतिबमोजिम अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको छ,’ बैठकपछि उपाध्यक्ष भीमबहादुर रावलले भने । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको प्रतिवेदन बुझाएलगत्तै गठबन्धनका तर्फबाट हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी गर्ने एमालेको तयारी छ । केन्द्रीय नेतृत्वमा सयजनाभन्दा बढी नेतृत्वमा पदाधिकारी नराख्ने र दुई अंकभन्दा नबढ्ने गरी (अर्थात् सयभन्दा कम) सदस्य रहेको केन्द्रीय कमिटी बनाउने विषयमा छलफल चलेको छ । तर, यो छलफलले बुधबारको संयोजन समिति बैठकमा प्रवेश पाइनसकेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । पदाधिकारी नराख्दा शीर्ष नेताको भूमिका कम हुने, स्थायी समिति र केन्द्रीय सदस्यको पद घटुवा हुने सम्भावना देखिएपछि बिहीबार दुवै पार्टीका पहिलो र दोस्रो तहका नेताले छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । संगठनात्मक स्वधपबारे अनौपचारिक तहको मोटामोटी खाका संयोजन समितिको छलफलमा प्रस्तुत हुने र कम्तीमा पदाधिकारी र स्थायी समितिमा रहेका नेतालाई स्थायी समितिमै राख्नुपर्ने बाध्यताका कारण संगठनको आकार ठूलो हुने सम्भावना देखिएको एक नेताले बताए । प्रचण्डले भने : एकता हुने भयो, तयार रहनुस् पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो र ओलीजीको वार्ता सकारात्मक रूपमा अन्तिम चरणमा छ । यसलाई व्यवस्थित गर्न सांगठनिक र वैचारिक कार्यदिशासँग सम्बन्धित दुईवटा कार्यदल बनाउने सहमति भएको छ । अब विभिन्न पार्टी (माओवादी वा एमाले) मात्रै रहेर हुँदैन, एउटा कम्युनिस्ट केन्द्र बनाएर, ठूलो पार्टी बनाएर समाजवादी क्रान्तिमा जानु छ । तपाईंहरू तयार हुनुहोस्, वैचारिक रूपमा कमजोर नहुनुस् । दृढसंकल्पित भएर अघि बढ्नुस् । समयको चुनौती हो, हामीले सामना गर्नुपर्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies