Khabar Dabali Logo
  October 27, Tue

सशस्त्र सङ्घर्षबाट ध्वंश गरि नयाँ जनवादी व्यवस्था स्थापना गर्ने याेजना

लेखक

०४७ सालको संविधान जारी भएदेखि नै रुष्टभएको जनमोर्चाले राजतन्त्रसहितको संसदीय व्यवस्थालाई सशस्त्र सङ्घर्षको माध्यमबाट ध्वंश गरेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नुपर्छ भनेर ठाँउठाँउमा जनतालाई सचेत र संगठित पार्दै आएको थियो । जनवर्गीय सङ्गठनका नामबाट साना–ठूला आमसभा गरेर सशस्त्र सङ्घर्षको अनिवार्यताको विषयमा जनतामा व्यापक प्रचार प्रसार गर्र्दै हिडिरहेको थियो ।

यता राज्यसत्ताका मालिकहरुपनि जनतालाई जुकाले रगत चुसे जस्तै चुसिरहेका थिए । आमसभा, कोणसभा र विभिन्न सभाहरूमा सरकारले जनताका समस्या समाधान गर्न पहल गरेन भने अब हतियारबन्द सङ्घर्ष गर्छौं भनेर सार्वजनिकरुपमै जनमोर्चाले भन्दै आएका थिए ।

संसद भनेको खसीको टाउको झुण्डाएर कुकुरको मासुवेच्ने थलो हो भनेर आफ्नो विचार जनतामा दिदै आईरहेको थियो । जनताले पनि विस्तारै साथ दिदै आएका थिए । यहि मौका छोपेर नेताहरुले सरकारसंग निहुँ खोज्न जनतन्त्र, जनजीविकाका सवाल उठाएर सरकार समक्ष आफ्नो माग बुदागतरुपमा राख्यो । तर, यस कुरालाई न त संसदवादी दलहरूले पत्याए, न राज दरबारले नै पत्यायो । माओवादीको यस धम्कीलाई तत्कालीन शाहीसेना, प्रहरी, प्रशासन तथा विदेशी खेलाडीले पनि पत्याएनन् ।

उल्टै उपहास गरेर पठाइदियो । त्यसपछि सशस्त्र सङ्घर्षको नीति खुलमखुल्ला रूपमा प्रचार गरेर हिड्ने प्रण ग¥यो । सशस्त्र सङ्घर्ष कसरी, कुन मितिमा, कहाँबाट सुरु गर्ने भन्ने कुरालाई गोप्य राखेर तयारीका सबै विषय पूर्ण गोप्य राखेको थियो । मुख्य कुरा सशस्त्र सङ्घर्ष कसरी सुरु गर्ने भन्ने दृष्टिकोण निर्माणको प्रश्न थियो जसको समाधान ०५१ फागुनमा सम्पन्न तेस्रो विस्तारित बैठकले निर्मुल पारिदियाे ।

‘सशस्त्र सङ्घर्ष गर्ने पार्टीमा कसरी रूपान्तरण गर्ने ? के त्यो बिस्तारै–बिस्तारै अध्ययन प्रशिक्षण सुधारवादी सङ्घर्ष र सानातिना प्रतिरोध सङ्घर्षकै बीचमा रूपान्तरण हुन्छ ? कि त्यसका लागि कुनै छलाङको, पुरानोसँग सम्बन्धविच्छेदको, निर्णायक कदमको र कुनै ठूलो धक्काको आवश्यकता पर्छ ? के हाम्रो पार्टी सशस्त्र सङ्घर्षमा प्रवेश सहज ढङ्गले, यसको मूलभूत वर्गीय एवम् सङ्गठनात्मक संरचनामा कुनै खास क्षति नपुर्याई जान सक्छ ?’ त्यस बैठकमा पारित दस्तावेजले बाेलेकाे थियाे ।

जवाफमा भनेकाे थियाे, ‘एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा रूपान्तरण विस्तार–विस्तार होइन, छलाङद्वारा, गुणात्मक परिवर्तनद्वारा हुने गर्दछ । ‘छलाङ, गुणात्मक परिवर्तन र क्रान्ति भनेको क्रमिक विकास नभएर क्रमभङ्गको स्थिति हो । ‘विचारलाई व्यवहारमा रूपान्तरण गर्न सचेत पक्षबाट क्रमिक विकासको होइन, छलाङको योजना बनाउनुपर्छ भन्ने नै माक्र्सवादी द्वन्द्ववादको सार हो । ‘त्यसकारण विचार बनिसकेपछि सशस्त्र सङ्घर्ष नगरिरहेको हाम्रो पार्टीको सशस्त्र सङ्घर्ष गर्ने पार्टीमा रूपान्तरण धक्काको, छलाङको गुणात्मक परिवर्तनको प्रक्रियाबाट मात्र हुन सक्छ ।’ दस्ताबेजका अंशअंशले बाेलेका यी कुरालाइ जनस्तरमा पुर्याएर जनतालाइ सचेत बनायाे ।

यही आधारमा जनयुद्ध सुरुवात गर्ने योजना निर्माण भयाे ‘ठूलो धक्का, गुणात्मक फड्को र महान् छलाङ’का रूपमा विकसितरूप दिएर  सुरुवाती योजना बनाइ आमजनविद्रोहको तयारी गर्याे । यसमा पार्टीको समग्र पङ्क्ति मात्र होइन कि सबै समर्थक जनसमुदायसमेतलाई परिचालन गर्ने खालको योजना र सङ्घर्षका रूप तयार पार्याे ।

सशस्त्र तथा निशस्त्र प्रचारात्मक कारबाही, जनयुद्धको पक्षमा पर्चा, पोस्टर, वालिङ, कार्टुन प्रदर्शन, छापामार जुलुस, मशाल जुलुस, घरघरमा गएर गरिने प्रचार आदि निश्चित गरियाे । योजनाबद्ध ढङ्गले सामन्त, जमिनदार, दलाल एवम् नोकरशाही पूजीपति एवम् सरकारी स्वामित्वमा रहेका आर्थिक संयन्त्रहरू कब्जा गर्ने या तोडफोड गरी क्षति पुर्याउने, स्थानीय जाली–फटाहा र जासुसहरूका घर र सम्पत्ति कब्जा गर्नु वा क्षतिग्रस्त पार्नु, सरकारी सञ्चार र यातायात अवरुद्ध पार्नु, विद्युत् लाइन टेलिफोन टावर क्षतिग्रस्त पार्नु र अन्तमा छापामार युद्धकाे तयारी गरियाे ।

युद्धकाे सवैपरिस्थितिकाे अाँकलन गरि सम्पूर्ण तयारी थालियाे ।  प्रहरीविरुद्ध सशस्त्र ढङ्गले रेड र एम्बुस, वर्ग–दुश्मनको पहिचान, प्रहरीचौकी आक्रमण गरि हतियार कब्जा गर्ने निर्देशनात्मक तयारी थालननी गरेर  जनयुद्धको पहिलो योजनामा प्रचारात्मक कारबाही, सेबोटेज र सिज तथा छापामार कारबाहीहरू सबै मिलाएर देशभरमा ६ देखि आठ हजार कारबाही गर्ने योजना केन्द्रीय समितिले तयार पारी युद्ध गर्ने दिनकाे तयारी गर्याे ।

त्याे दिन थियाे ०५२ साल फागुन १ गते । एकै दिन एउटै समयमा रुकुमको आठबीसकोटको राडिज्यूला प्रहरीचौकी, रोल्पाको होलेरी प्रहरीचौकी, सिन्धुलीको प्रहरीचौकीमाथि अाक्रमण, गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकको साना किसान आयोजनाको कार्यालय सेबोटेज, काभ्रेको सामन्तबाट लाखौँका तमसुक तथा अन्न र सम्पत्ति कब्जा र काठमाडौंको पेप्सीकोला कारखानाको सेबोटेज गरेर जनयुद्ध काे सुरु भयो ।

रुकुम कारबाहीमा कमिसार हेमन्तप्रकाश ओली  र मुख्य कमान्डरमा गणेशमान पुनकाे जिम्मा लगाइयाे । ३९ जनाको छापामार टोलीमा  एसल्ट टिमको कमान्डर दौलतविक्रम घर्तीलाइ ताेकियाे । चौकीको ढोका फोरेर प्रहरीलाई आत्मसमर्पण गराउने र भएका हतियार र विस्फोटक पदार्थ कब्जा गर्ने याेजना थियो । क्रमश…..

 

 

फागुन १ गते, २०७४ - १३:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top