Khabar Dabali Logo
  October 24, Sat

‘होमो सेक्स’ले प्रहरी हैरान

काठमाडाैं । लामो समयसम्म सहमतिमै यौनसम्बन्ध राख्दै आएका स्वास्थ्य क्षेत्रसम्बद्ध दुई पुरुषबीच असमझदारीपछि घटना ‘बलात्कारी’को आरोप-प्रत्यारोपसम्म पुगेको छ । घटना छताछुल्ल हुन थालेपछि स्वास्थ्य सेवा विभागले छानबिन टोली गठन गर्नुपर्ने अवस्था उत्पन्न भयो । गोदावरी नगरपालिका- ५ बस्ने औषधि व्यवसायी जीवन सिलवाल र लेले प्राथमिक स्वास्थ्य चौकीका इन्चार्ज दीपेन्द्र शाहबीच यौनसम्बन्धपछिको मनमुटाव विभाग, स्वास्थ्य चौकी र प्रहरीका लागि टाउको दुखाइको विषय बनेको हो ।

अाजको अन्नपूर्णमा खबर छ-मनमुटाव उत्कर्षमा पुगेपछि सिलवालले स्वाथ्य चौकी इन्चार्ज शाहविरुद्ध बलात्कारको आरोपसमेत लगाएका छन्। तनाव मत्थर गर्न विभागले साहलाई सरुवा गरेर कालिकोट पुर्‍यायो। अनैतिक कार्यले यत्रतत्र खासखुसको रूप लिएपछि घटना सामसुम पार्न दुई महिनाअघि दुवैजनालाई छलफलमा पनि डाकियो। उनीहरू छलफलमा आएर अनुचित कार्य गरेकोमा पश्चात्ताप गर्दै गल्ती पनि स्विकारे। त्यसपछि दुवैजनालाई एकै ठाउँ राख्दा झन् समस्या हुने ठानेर विभागले छुट्याउन साहलाई कालिकोट सरुवा गरेको हो।

‘यस्तो अनुचित कार्य सतहमा आएपछि दुवै जनालाई छलफलमा बोलाइयो। उनीहरूले बदमासी पनि स्विकारे। त्यसपछि विभागको रोहबरमा मेलमिलाप गराइयो’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले भने, ‘उनीहरूलाई छलफलमा बोलाउँदा सहमतिमा सम्बन्ध राखेको स्विकारेका थिए। त्यतिबेला दुवैले आनन्द लिने काम गर्‍यौँ। तर हामीले बदमासी गरेका हौँ भनेर गल्ती महसुस गरे।’ उनीहरूले विभागसमक्ष यस्तो घटनालाई थप अघि नबढाउन आग्रहसमेत गरेका थिए। विभाग टोलीले गरेको छानबिनपछि विवाद साम्य पार्न साहलाई कालिकोट सरुवा गरिएको पौडेलले बताए।

घटना मत्थर हुन नपाउँदै पुनः सिलवालले साहले एक अन्तर्वार्तामा आफूमाथि बलात्कार हुने गरेको आरोप लगाएका छन्। आफू ११ महिनादेखि बलात्कृत हुँदै आएको उनको दाबी छ।

एक्लै हुँदा आफूमाथि जबर्जस्ती अप्राकृतिक मैथुन गर्ने गरेकोसमेत उनले बताएका छन्। सिलवालले लेलेमा मेडिकल पसल सञ्चालन गर्दै आएका छन्। महिलाले गर्भाधान रोक्न प्रयोग गर्ने ‘संगिनी सुई’का कारण उनीहरूबीच असमझदारी भएको लेले चौकी प्रमुख नारायण भण्डारीले बताए। साहले सिलवाललाई स्वास्थ्य चौकीबाट संगिनी सुई दिने गर्थे। सिलवाललाई दिइँदै आएको सुई उपलब्ध गराउन छाडेपछि यौनसम्बन्धको पोल बाहिरिएको हो। ‘संगिनी सुई बंगुरलाई मोटो पार्न गाउँलेलाई बेच्ने गरेको सुन्नमा आएको थियो’, भण्डारीले भने, ‘भित्री कुरा उनीहरूलाई नै थाहा होला।’

सिलवालले सबैलाई सामाजिक रूपमा हैरान पारेको गुनासोसमेत चौकीमा आउने गरेको उनको भनाइ छ। तर सिलवालले मौखिक र अन्तर्वार्तामा समेत आफू बलात्कृत भएको बताए पनि प्रहरीमा जाहेरी भने दिएका छैनन्। तर उनले गत असोज २० गते सोही वडाका रवि सिलवालविरुद्ध आफूमाथि छक्काको आरोप लगाएको भन्दै महानगरीय प्रहरी वृत्त चापगाउँमा जाहेरी दिएका थिए।

त्यसअघि उनले महानगरीय प्रहरी परिसर जावलाखेल र प्रहरी प्रधान कार्यालयमा पनि उजुरी दिएका थिए। जाहेरी परे पनि राष्ट्रिय मानवअधिकार आयोगमा जाने सहमति भएपछि प्रहरी छानबिन अघि नबढेको वृत्तका डीएसपी रवीन्द्र रेग्मीले बताए।

‘सरसर्ती हेर्दा सिलवाल खराब नियतका देखिन्छन्’, उनले भने, ‘किनकि एउटै व्यक्तिविरुद्ध उनले एकपछि अर्को जाहेरी दिँदै हिँडेका छन्। बलात्कारको आरोपमा भने कतै जाहेरी देखिन्न।’

माघ २८ गते, २०७४ - ०७:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top