Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

वाम गठबन्धनले सरकार गठन गर्न आइतबार दाबी प्रस्तुत गर्ने

\"\" बुटवल। एमाले र माओवादीले प्रदेश सरकार गठनका लागि तयारी सुरु गरेका छन् । सभामुखको निर्वाचन हुनुअघि नै २८ माघमा सरकार गठनका लागि प्रदेश प्रमुखलाई पत्र पठाउने उनीहरूको तयारी छ । ‘दुवै दलको संसदीय दलको नेता चयन भएपछि सरकार गठनका लागि प्रदेश प्रमुखलाई पत्र पठाउँछौँ,’ एमाले प्रदेश सभा सदस्य बैजनाथ चौधरीले भने । अाजको नयाँ पत्रिकामा खबर छ-शुक्रबार एमाले र माओवादीबीच भएको छलफलमा २८ माघमा दुवै पार्टीको संसदीय दलका नेता शंकर पोखरेल र कुलप्रसाद केसी सोनामले सरकार गठनका लागि पत्र पठाउन सहमति भएको छ । २८ माघमा बस्ने माओवादी संसदीय दलको बैठकले सोनामलाई नेता चयन गर्दै छ । एमाले सांसद चौधरीले सभामुखको निर्वाचनअघि नै सरकार गठनको तयारी गरिने बताए । उनले भने, ‘२८ माघमा सरकार गठनका लागि बहुमत रहेको दाबी गरेर पोखरेल र सोनामजीले पत्र पठाउनुहुन्छ ।
संघीय नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री प्रदेश ५ बाट निर्वाचित गर्ने तयारी
त्यसपछि प्रदेश प्रमुखले २९ माघमा नै शपथको समय मिलाउन सक्नुहुन्छ ।’ मुख्यमन्त्रीसहित मन्त्रालयको तयारी गर्न समय लागे मात्रै २ फागुनसम्म पुग्ने सांसद चौधरीको भनाइ छ । माओवादीका सांसद सोनामले पनि सभामुखको निर्वाचनअघि नै सरकार गठनको तयारी गरिएको बताए । उनले भने, ‘एमालेसँग शुक्रबार भएको छलफलअनुसार सभामुखको निर्वाचनअगाडि नै सरकार गठन गरौँ भन्ने भएको छ ।’ तथापि सरकारमा जाने, पार्टीले पाउने मन्त्रालय टुंगिन बाँकी रहेकाले सभामुखको निर्वाचनपछि मात्रै सरकार गठन गर्नुपर्ने मत पनि छ । प्रदेश सभामा रहेका ८७ मध्ये सरकार गठनका लागि ४४ सांसद आवश्यक हुन्छ । एमालेका ४१ र माओवादीका २० गरी ६१ सांसद छन् । एमाले र माओवादीले २८ माघमै दाबी गरे पनि मुख्यमन्त्री र मन्त्रीका लागि कार्यालय व्यवस्थापन गर्न समय लाग्ने भएकाले प्रदेश प्रमुखले २ फागुनसम्म लम्ब्याउने सक्नेछन् । कानुनअनुसार ३ फागुनमा भने जसरी पनि सरकार गठन गरिसक्नुपर्नेछ । १५ गाडीको ताकेता प्रदेश सरकार गठनको तयारीसँगै मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडीको व्यवस्था गर्न ताकेता सुरु भएको छ । मुख्यमन्त्री कार्यालय सचिवालयका अनुसार तत्काल १५ गाडी आवश्यक पर्नेछन् । सचिव दीपेन्द्र काफ्लेले प्रधानमन्त्री कार्यालयबाट आवश्यक गाडी पठाउन विभिन्न मन्त्रालयलाई निर्देशन भइसकेको बताए । शुक्रबारसम्म गाडीहरू नआएकाले शनिबारदेखि सम्बन्धित मन्त्रालयमा फोन गरेर ताकेता गरिने उनको भनाइ छ । मन्त्रालयबाट पठाउने गाडी राम्रा भए त्यहीमध्येबाट मुख्यमन्त्रीका लागि छनोट गरिने र राम्रा नभए अन्य विकल्प खोजिने भएको छ । कर्मचारी आउँनै बाँकी प्रदेश मुकाम बुटवलमा खटिएका अधिकांश कर्मचारी हाजिर भएका छैनन् । शुक्रबारसम्म प्रमुख सचिव शंकरप्रसाद पाठक, मुख्यमन्त्रीको कार्यालयका सचिव दीपेन्द्र काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलसहित १७ जना कर्मचारी आएका छन् । दरबन्दी र करार गरी मुख्यमन्त्रीको कार्यालयमा २९, आन्तरिक मामिलामा २९, आर्थिकमा २७, भौतिकमा ३१, सामाजिकमा ४१, उद्योगमा ३८ र भूमिमा ३८ जना कर्मचारी रहनेछन् । सवारीचालक र कार्यालय सहयोगीलाई करारमा राखिने मुख्यमन्त्रीको कार्यालयका सचिव काफ्ले बताए । सानो मन्त्रिपरिषद् पोखरेल मुख्यमन्त्री भएलगत्तै एमाले र माओवादीकातर्फबाट एक–एकजना मन्त्री बनाउने तयारीमा छन् । मन्त्रीका लागि कार्यालयको खोजी र व्यवस्थापनको तयारी, दलभित्रै आन्तरिक छलफलसमेत हुन बाँकी भएकाले सुरुवातमा सानो आकारको मन्त्रिमण्डल बनाउने उनको तयारी छ । पहिलो मुख्यमन्त्री बनाउने हतारो एमाले र माओवादी अन्य प्रदेशभन्दा चाँडो मुख्यमन्त्री बनाउने हतारोमा छन् । मुख्यमन्त्रीका रूपमा एमालेले पोखरेललाई सबैभन्दा चाँडो सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको थियो । ‘शंकरजीलाई सबैभन्दा पहिले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरिएको हो, अब मुख्यमन्त्री पनि सबैभन्दा अगाडि बनाउन खोजेका हौँ,’ एमाले सांसद चौधरीले भने । अन्य प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार छानिने क्रममा छन् । सभामुख र उपसभामुखको निर्वाचन बाँकी नै छ । विपक्षी नेता बन्न कांग्रेसमा तीन नेताको प्रतिस्पर्धा  प्रदेश ५ मा मुख्यमन्त्रीमा भन्दा प्रमुख विपक्षी दलको नेताका लागि तँछाडमछाड छ । कांग्रेसका तीन सांसद संसदीय दलको नेता बन्ने दौडमा छन् । प्रमुख विपक्षी दलको नेताका लागि दाङ ३ ‘क’ का प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, पाल्पाका समानुपातिक सांसद वीरबहादुर राना र कपिलवस्तु ३ ‘ख’ का सांसद वीरेन्द्रकुमार कनौडिया कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा छन् । तीनै नेताले बालकृष्ण खाणमार्फत लबिङ गरिरहेको कांग्रेस नेताहरू बताउँछन् । प्रदेशमा वाम गठबन्धनको सरकार बन्दै छ । कांग्रेसभित्रै भागबन्डा  कांग्रेससँग सातवटै प्रदेशमा सरकार बनाउने मत छैन । संसदीय दलको नेता चयनमा पनि गुटगत भागबन्डा गरिने कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार सात प्रदेशमध्ये पाँचमा देउवा र दुईमा पौडेल पक्षबाट नेता चयन गरिन लागेको छ । को–को हुन् तीन दाबेदार ? संसदीय दलको नेतामा दाबेदारमध्येका राना कांग्रेस पाल्पाका सभापति हुन् । प्रदेश सभा पहिलो बैठकमा उनले नै सम्बोधन गरेका थिए । संसदीय दलको नेता चयन गर्र्नैका लागि पहिलो बैठकमा बोल्न दिइएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका रानालाई सभापति शेरबहादुर देउवा पक्षले स्वीकार गरिसकेको छैन । दलको नेता बनाएर देउवा पक्षमा ल्याउने कसरत चलिरहेको एक नेताले बताए । अर्का सांसद चौधरी देउवानिकट छन् । संघीय सरकारमा श्रम राज्यमन्त्री रहेका उनी ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए । प्रदेश ५ को राजधानी दाङ बनाउने चर्चा चलिरहेका वेला सरकारले अस्थायी राजधानी बुटवल तोक्यो । त्यसैले दाङको असन्तुष्टि मेटाउन चौधरीलाई संसदीय दलको नेता बनाउने छलफल पनि चलिरहेको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार, बुटवल अस्थायी राजधानी बनाउन जोडतोडले लागेका खाँड पनि चौधरीलाई संसदीय दलको नेता बनाउन लागेका छन् । कांग्रेस सभापति देउवा र खुमबहादुर खड्कानिकटका नेता कनौडिया पूर्वसांसद हुन् । संसदीय दलको नेताको लागि कपिलवस्तुका कनौडियाले पनि खड्कामार्फत दबाब दिइरहेको कांग्रेस नेताहरू बताउँछन् । प्रदेश सभा सदस्यमध्ये ‘सिनियर’ रहेको उनको दाबी छ । सहमतिमा आफूलाई नदिए मतदान गर्नुपर्ने पक्षमा उनी छन् । त्यस्तै, संसदीय दलको उपनेता र सचेतकमा भने महिलालाई जिम्मेवारी दिनुपर्ने कांग्रेसभित्र तयारी भइरहेको छ । उपनेता र सचेतकका लागि निर्मला क्षत्री र रमा अर्यालको दाबी छ । मौका हेर्दै तीन सांसद प्रमुख विपक्ष दलको नेताका लागि राना, चौधरी र कनौडियाबीचमा विवाद भइरहँदा अन्य तीनजना पनि ‘लबिङ’ गरिरहेका छन् । ज्येष्ठ सदस्य भएर संसदको बैठक चलाइरहेका प्युठानबाट समानुपातिक सांसद बलदेव शर्मा पोखरेल, रुपन्देही ४ ‘क’ बाट निर्वाचित अष्टभुजा पाठक र बाँके २ ‘ख’ बाट निर्वाचित सुरेन्द्रबहादुर हमाल नेताका आकांक्षी हुन् । मिलाउने जिम्मा खाँडलाई कांग्रेस केन्द्रले संसदीय दलको नेता चयन तथा प्रदेश सभा हेर्ने जिम्मा बालकृष्ण खाँडलाई दिएको छ । नेता खाँडले सकेसम्म सहमतिमै संसदीय दलको नेता चयन गरिने बताए । राष्ट्रिय सभा निर्वाचनपछि तय हुने बताउँदै उनले भने, ‘पार्टीभित्र छलफल गरेर सकेसम्म सहमतिमा संसदीय दलको नेता टुंग्याउन पहल गर्छौं ।’ सहमति नभए निर्वाचनका माध्यमबाट टुंग्याइने जनाएको छ । यो प्रदेशमा कांग्रेसका १९ सांसद छन् । जसमा प्रत्यक्ष निर्वाचित सातैजना देउवा पक्षका छन् । समानुपातिकका १२ मध्ये पनि तीनजना मात्रै पौडेल पक्षका छन् । यसो भन्छन् संसदीय दलको नेताका दाबेदार वीरबहादुर राना, पाल्पा संख्यात्मक हिसाबले प्रदेश ५ मा कमजोर छौँ । संख्या कम हुँदैमा जनताप्रतिको जिम्मेवारी कम हुँदैन । पहिलोपटक अभ्यास भइरहेको प्रदेश सभामा प्रतिपक्ष उत्तिकै सशक्त हुन जरुरी छ । त्यसका लागि संसदीय दलको नेताको रूपमा मेरो दाबी छ । वीरेन्द्र कनौडिया, कपिलवस्तु संसदीय दलको नेतामा मेरो प्रमुख दाबी छ । प्रदेश सभा सदस्यमध्ये सबैभन्दा ‘सिनियर’ हुँ । केन्द्रीय सांसद भइसकेको छु । त्यसैले साथीहरूले मेरै नाममा सहमति जुटाउँछन् भन्ने लागेको छ । अरूको पनि दाबी होला, तैपनि यसपटक पार्टीले मलाई नै रोज्नुपर्छ । डिल्लीबहादुर चौधरी, पाल्पा  संसदीय दलको नेताका लागि पार्टीमा छलफल भएको छैन । यसमा मेरो पनि दाबी छ, रहन्छ । अब पार्टीमा छलफल होला । धेरै ठाउँमा कांग्रेसले हारेको वेला म निर्वाचित सांसद हुँ । पार्टीले भूमिका दियो भने डटेर काम गर्न तयार छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies