Khabar Dabali Logo
  October 29, Thu

सरकारले १ हजार ६४ जनालाई १४ करोड रुपैयाँ बाँड्ने तयारीमा, डडेल्धुराका मात्र २ सय १० जना (सूचीसहित)

काठमाडौं । सत्ताबाट बहिर्गमन हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले थप १४ करोड रुपैयाँ आर्थिक सहायता वितरणको तयारी गरेका छन्। सम्भवत: अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लंघन गर्दै राज्यको ढुकुटीबाट आफु, मन्त्रीहरु र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई उक्त रकम बाँड्ने निर्णय गर्ने छन् ।

अाजको कान्तिपुरमा खबर छ-अब बस्ने मन्त्रिपरिषद्का लागि तयार भएको प्राप्त सूचीअनुसार सरकारले झन्डै १ हजार ६४ जनालाई ५० हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वितरण गर्ने प्रस्ताव तयार पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ हजार जनालाई आर्थिक सहायता रकम उपलब्ध गराउनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

आर्थिक सहायता कार्यविधिले भने आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई उपचार खर्चबापत सोझै अस्पताललाई बिलभर्पाइ अनुसार मात्र रकम दिने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले नै बनाएको कार्यविधिको उल्लंघन गर्दै प्रधानमन्त्री र मन्त्रीहरूले यसअघि पनि आफूखुसी कार्यकर्ता र आफन्तलाई मोटो रकम वितरण गर्दै आएका छन् ।

आर्थिक सहायता दिन लागिएको सूचीमा प्रदेश ७ का ३ सय ५८ तथा प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुराका मात्र २ सय १० जना छन् । डडेलधुरामा पनि प्रधानमन्त्री देउवाको घर रहेको गन्यापधुरा गाउँपालिकाका बढी छन् । प्रधानमन्त्रीको सिफारिसमा ७ सय ९५, स्वास्थ्य मन्त्री दीपक बोहराको सिफारिसमा १ सय ७८ र अरू मन्त्रीको सिफारिसमा ९१ जनालाई आर्थिक सहायता वितरण गर्न लागिएको हो ।
सरकारले पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता रामकृष्ण ताम्राकारलाई सबभन्दा बढी २५ लाख रुपैयाँ दिने तयारी गरेको छ । चितवनका कांग्रेसनिकट शिक्षक संघका अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायलाई १० लाख दिन लागिएको सूचीमा उल्लेख छ । रकम पाउने सूचीमा चुनावमा पराजित कांग्रेस नेताहरू पनि छन् । झापा–३ बाट पराजित कांग्रेस जिल्ला सभापति उद्धव थापालाई ६ लाख रुपैयाँ दिने तयारी छ । कांग्रेस गुल्मीका पूर्वसभापति चन्द्रबहादुर केसीलाई २ लाख दिने तयारी छ । सल्यानका कांग्रेस नेता ध्रुवबहादुर मल्ललाई ४ लाख तथा कांग्रेसका पूर्वसांसद ललिता किङरिङ मगरलाई ३ लाख दिने तयारी छ ।

आर्थिक सहायताका लागि मन्त्री तथा पूर्वसांसदहरुलेसमेत सिफारिस गरेका छन् । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, श्रममन्त्री फरमुल्लाह मन्सुर, वाणिज्य मन्त्री मीन विश्वकर्मा, सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, रक्षामन्त्री भीमसेनदास प्रधान, भूमिसुधार मन्त्री गोपाल दहित, खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव, युवा तथा खेलकुदमन्त्री राजन केसी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसांसद रामहरि खतिवडा, पूर्वगृहमन्त्री जनार्दन शर्मासमेतको सिफारिसमा आर्थिक सहायता वितरण गर्ने तयारी गरिएको हो ।

स्वास्थ्यमन्त्री दीपक बोहराले भने उपचार खर्चबापत अस्पतालमै दिने गरी १ सय ७८ जनालाई आर्थिक सहायता दिने सूची बनाएका छन् । यसअघि नै देउवा सरकारले मापदण्डविपरीत करोडौं रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । कांग्रेस महामन्त्री शशांक कोइराला अध्यक्ष रहेको सुशील कोइराला मेमोरियल फाउन्डेसनलाई ३० लाख, पूर्वराष्ट्रपति रामवरण यादवलाई उपचार खर्चबापत ५० लाख ९८ हजार, पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई ४३ लाख ४१ हजार, पूर्वसभामुख तारानाथ रानाभाटलाई ७ लाख रुपैयाँसहित पटक–पटक गरी ३४ करोड १९ लाख १० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ ।

सूची हेर्नूहोस्

माघ २६ गते, २०७४ - ०६:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top