Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

परिवार नियोजन कार्यसमिति विघटन गर्ने निर्णयको कर्मचारीद्वारा स्वागत

\"\"काठमाडौं । आर्थिक अनियमितता तथा विधान विपरित काम गरेको भन्दै सरकारले परिवार नियोजन संघको वर्तमान कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गर्ने निर्णयको संस्थाका सम्पूर्ण कर्मचारीले स्वागत गरेका छन् । देउवा सरकारले गत माघ ११ गते परिवार नियोजन संघले आर्थिक अनियमिता तथा विधान विपरित कार्य गरेको भन्दै अमु सिजापति अध्यक्ष रहेको वर्तमान कार्यसमिति विघटन गर्दै छत्र गिरीको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको थियो । परिवार नियोजन संघले आफ्नो विधान विपरित काम गरेको र आर्थिक तथा संगठनात्मक अनियमितता भएको भन्दै गत वर्ष समाज कल्याण परिषदमा उजुरी परेपछि परिषदका तत्कालिन अध्यक्ष समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छानबीनका लागि निर्देशन दिएका थिए । सोही निर्देशनबमोजिम परिषदले छानबीन समिति गठन गरेको थियो । परिवार नियोजन संघको केन्द्र तथा जिल्ला शाखा र बिभिन्न कार्यक्रम अन्तर्गत रहेका कर्मचारीहरुको राष्ट्रिय भेलाले संघभित्रको बेथिती अन्त्य गर्न सरकारले चालेको कदमको स्वागत गरेका हुन । यसै माघ १८ गते बसेको भेलामा देशभरिका सम्पूर्ण शाखा प्रबन्धक तथा केन्द्रीय कार्यालयका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो । भेलाले परिवार नियोजन संघले विगत ६ दशकदेखि जनसंख्या व्यवस्थापन र प्रजनन स्वास्थ्यका क्षेत्रमा पुर्याएको राष्ट्रिय योगदानलाई मध्यनजर गर्दै ऐतिहासिक संस्था गम्भीरु संकटको स्थितिमा पुगेको विश्लेषण गरी सुदृढ, व्यवस्थित र समृद्ध संस्थको रुपमा अगाडि बढाउने नियतले सरकारले माघ ११ गते गरेको निर्णयको स्वागत गरेको छ । यसैगरी भेलाले नेपाल परिवार नियोजनभित्र विगतदेखि बिभिन्न तहबाट गरेका संस्थागत बेथितीहरुको अन्त्य गर्दै अगामी दिनहरुमा संस्थागत मर्यादालाई उच्च सम्मान गर्दै अझ व्यवस्थ्ति बनाउँदै नयाँ कार्यसमितिसँग एकताबद्ध भई अघि बढ्ने समेत निर्णय गरेको छ । भेलाले संस्थाको पुनःसंरचना गर्ने कुराको समेत स्वागत गरेको छ । यसअघि नेपाल परिवार नियोजन संघमाथि परिषदको छानबीन समितिले दिएको प्रतिवेदनको आधारमा समाज कल्याण परिषदको कार्य सञ्चालन समितिको बैठकले संस्था गम्भीर संकटमा रहेको भन्दै तत्कालिन कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गर्न महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रीपरिषदको माघ ११ को बैठकले वर्तमान कार्यसमिति खारेज गरी तदर्थ समिति गठन गरेको थियो । संस्थाले अन्तर्राष्ट्रिय परिवार नियोजन संघ तथा अन्य दातृ निकायबाट सहयोग प्राप्त गर्दै आएको छ । मन्त्रीपरिषदको निर्णय पछि अन्तर्राष्ट्रिय परिवार नियोजन संघको एक टोली समेत नेपाल भ्रमणमा आएर अवस्थाको अवलोकन गरेको थियो । श्रोतका अनुसार, परिवार नियोजनको दक्षिण एशिया शाखाका क्षेत्रीय अध्यक्ष तथा निर्देशकले सरकारले गरेको निर्णयको स्वागत गर्दै भविष्यमा विगतभन्दा झन बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । परिवार नियोजन संघमा अन्तर्राष्ट्रिय परिवार नियोजन संघले वर्षेनी १५ करोड भन्दा बढी सहयोग गर्दै आएको थियो । पछिल्लो दिनमा परिवार नियोजन संघभित्र वित्तिय सुशासन कमजोर भएर आर्थिक जोखिम बढेको भन्दै सहयोगमा कटौती हुँदै आएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies