Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मुख्यमन्त्रीका लागि एमालेमा लडाइँः गुट परिवर्तनदेखि, यस्तो अाराेप-प्रत्याराेपसम्म

\"\"काठमाडाैं । प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा आइपुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन् । अाजको कान्तिपुरमा खबर छ-एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ । ‘एमाले स्थायी समिति बैठकले सकेसम्म सर्वसम्मत नभए चुनावबाट दलको नेता चयन गर्न प्रदेशलाई निर्देशन दिएको छ,’ पाण्डेले बिहीबार बैठक सुरु हुनुअघि भने, ‘सर्वसम्मत हुने सम्भावना कम देख्दै छु । निर्वाचनबाटै संसदीय दलको नेता चुनिन्छ ।’ पाण्डेका अनुसार आगामी २५ या २६ गते काठमाडांैमा दलको नेता छान्न चुनाव हुनेछ । राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न सबै सांसद राजधानी जाने भएकाले त्यहीँ नेता चुनिने उनले बताए । शाक्यले भने निर्वाचनभन्दा सर्वसम्मत गराउनमै जोड दिइरहेकी छन् । यसका लागि उनले पार्टी अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालसमेतलाई दबाब दिँदै आएकी छन् । चुनाव भए आफू बाहिरिन सक्ने भय शाक्यमा देखिन्छ भने पाण्डे आफू नै चुनिनेमा ढुक्क छन् । यद्यपि शाक्य निर्वाचनमै गए पनि आफू पछि नहट्ने बताउँछिन् । ‘हामीले निर्वाचनलाई जोड दिनु हुन्न, भर्खरै संघीयतामा प्रवेश गरेका छौं । यसले पार्टीभित्र विभाजन र विमति खडा गर्छ, सकभर सर्वसम्मतिमै नेता चयन गर्नुपर्छ,’ उनले भनिन्, ‘निर्वाचनमा जाने भए पनि पछि हटदिनँ, प्रतिस्पर्धा गर्छु ।’ यस प्रदेशमा एमालेको एकल बहुमत भएकाले सभामुख निर्वाचनलगत्तै मुख्यमन्त्री चयन हुने सम्भावना छ । एमाले सभामुखको निर्वाचनअघि नै दलको नेता चयन गर्ने पक्षमा छ । यहाँ कुल १ सय १० सांसदमध्ये एमालेका मात्रै ५८ जना छन् । बिहीबारको संसद् बैठकले सभामुख छान्न माघ २७ गतेको मिति तय गरिसकेको छ । मुख्यमन्त्रीका प्रतिस्पर्धी पाण्डे र शाक्य आफू वरिष्ठ रहेको भन्दै सांसद आकर्षित गर्ने प्रयासमा छन् । यी दुवै यसअघि पूर्वप्रधानमन्त्री नेपाल पक्षीय हुन् । पाण्डे मुख्यमन्त्री बन्न नेपाल पक्ष छाडेर संस्थापन पक्षतिर लागेका छन् । उनको यो कदमलाई शाक्यले अराजकता भनी टिप्पणी गरिन् । ‘दलको नेताका लागि अराजकता सिर्जना भएको छ,’ उनले भनिन्, ‘यो राम्रो होइन । यसले नराम्रो चलखेल सुरु हुने देखेको छु ।’ आफूले प्रदेश संयोजक भएर यस क्षेत्रमा दिनरात काम गरेको र निर्वाचनमा समेत राम्रो परिणाम आएको भन्दै उनले नेताहरूलाई यसको मूल्यांकन गर्न आग्रह गरिन् । पाण्डेले माओवादीसँग पार्टी एकीकरण हुनै लागेकाले अब एमालेभित्र कुनै गुट नरहेको दाबी गरे । ‘दलको नेतामा प्रतिस्पर्धा गर्नुपर्छ भन्दा यति असहिष्णु हुनेले कसरी प्रदेशको मुख्यमन्त्री चलाउन सक्छ ?’ उनले प्रश्न गरे, ‘शाक्य स्थायी समितिबाट टीका लगाउन चाहनुहुन्थ्यो । म सुरुदेखि चुनाव हुनुपर्छ भन्दै आएको छु । अब स्थायी समितिको निर्देशनअनुसारै हुन्छ । टीका लगाउने काम हुन्न ।’ दुवैले एकअर्काभन्दा पार्टीभित्र आफू नै वरिष्ठ रहेको दाबी गरेका छन् । पाण्डेले पार्टीमा ०४८ सालदेखि निरन्तर चारपटक चुनाव जित्ने नेता केपी ओली, झलनाथ खनाल र आफू मात्रै रहेको भन्दै शाक्यभन्दा अघिबाट काम गरेको दाबी गरे । पाण्डे स्थानीय विकासमन्त्री र पार्टीका प्रमुख सचेतकसमेत भइसकेका छन् । उनी संसद्मा निरन्तर कार्यव्यवस्था समितिको सदस्य थिए । शाक्य संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक–एक पटक सांसद बनेकी छन् । महिला बालबालिका तथा समाज कल्याण र उद्योगमन्त्रीसमेत भइसकेकी उनी ०२८ सालदेखि राजनीतिमा आएकी हुन् । सातवटा प्रदेशमध्ये एउटामा महिला मुख्यमन्त्री हुनुपर्ने भन्दै उनले आफ्नो पक्षमा सर्वसम्मतिका लागि प्रयास गरिरहेकी छन् । चुनाव नलड्ने घोषणा गरेका पाण्डेलाई आफूले नै प्रदेशमा उठाएको शाक्यले दाबी गर्दै आएकी छन् । ‘त्यति बेला अब मैले छाडें, चुनाव लडदिन भन्नुभयो । त्यसको टेप पनि थियो । मैले यतिको सक्रिय नेतालाई बाहिर राख्न हुन्न भनेर प्रदेशमा उम्मेदवार बनाएको हो,’ उनले भनिन्, ‘उहाँलाई मुख्यमन्त्री दिने कुरै थिएन । नेताहरूसँग बुझदा पनि कसैले त्यस्तो आश्वासन दिएको भन्नुभएन ।’ पाण्डेले भने अनुभवी र क्षमतावान् मुख्यमन्त्री चाहिन्छ भनेर शीर्ष नेताहरूकै सुझावमा आफू प्रदेशमा चुनाव लडेको बताए । ‘शाक्यले पनि मेरो त्यस्तो क्षमता छैन, तपाईं नै मुख्यमन्त्री बन्नुपर्छ, त्यसका लागि चुनाव लड्नुस् भन्नुभएको हो,’ उनले भने, ‘आज आएर किन बोली परिवर्तन गर्नुभयो, बुझन सकेको छैन ।’ आफू पनि मुख्यमन्त्रीको प्रतिस्पर्धी रहेको अर्का आकांक्षी फुयालले बताए । ‘अन्तिम अवस्थासम्मै प्रतिस्पर्धामा रहन्छु,’ उनले भने, ‘चर्चाका लागि मात्र उम्मेदवार भएको होइन, जित्नै हो । पार्टीले अन्तिम अवस्थामा मलाई नै उम्मेदवार बनाउँछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies