Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

डा. शेखर कोइरालासँगको अन्तरवार्ताः भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण समय सुहाउँदो छैन

\"\"प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन परिणामपछि नेपाली कांग्रेस दुई धु्रवमा विभाजित छ । एक पक्षले नेतृत्वको कमजोरीका कारण पार्टीले लज्जास्पद पराजय व्यहोरेको आरोप लगाइरहेको छ भने अर्को पक्ष दुई ठूला शक्तिको गठबन्धनका कारण कांग्रेस पराजय भएको दाबी गर्छ । यसैबीच युवा नेताको एक पंक्ति पार्टी नेतृत्व परिवर्तनसम्मका चर्का नारा लगाउँदै हिँडेको छ । नेतृत्वको कटु आलोचकका रूपमा यतिवेला केन्द्रीय सदस्य शेखर कोइरालासमेत देखिएका छन् । उनै कोइरालासँग पार्टी नेतृत्व, कांग्रेसको भावी योजना, देशको समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा नयाँ पत्रिकामा गणेश लम्सालले गरेको कुराकानीको सम्पादित अंश । कांग्रेस नेतृत्वको कामचलाउ हैसियतको सरकारले एकपछि अर्को गर्दै महत्वपूर्ण र दूरगामी निर्णय गर्दै छ, नैतिक रूपमा यो मिल्छ र ? पार्टी र सरकार भन्ने कुरा नैतिकतामा चल्छ । र, नैतिकता भनेको व्यक्तिमा निहित हुन्छ । कामचलाउ भइसकेको सरकारले गरेको निर्णयहरू मलाई पनि मन परेको छैन । असजिलो लागेको छ । जुन सोचले गरे पनि गरेको निर्णय दूरदर्शी छ, छैन सोच्नुपर्छ । देशले धान्न सक्छ कि सक्दैन ख्याल गर्नुपर्छ । सबैले यस्तो गर्न थाले देशले कसरी धान्छ ? ज्येष्ठ नगारिकको उमेर घटाउने निर्णय गर्नुभन्दा ७७ वटै जिल्लामा अस्पतालसहितको ज्येष्ठ नागरिक आश्रम खोल्ने निर्णय गरेको भए कति राम्रो हुन्थ्यो होला । प्रम देउवाजी मात्र होइन ओली, प्रचण्ड कसैले पनि हतारमा गलत निर्णय गर्न हुँदैन । अर्को कुरा सरकारले गरेका राजनीतिक निर्णयहरू पनि मलाई चित्त बुझेको छैन । कामचलाउ सरकारले यसरी निर्णय गर्ने नै होइन । निर्वाचन सम्पन्न भइसकेपछि राजीनामा दिन अटेर गर्नु लोकतान्त्रिक चरित्र मान्दिन भन्नु हो । तपाईंलगायतका केही युवा नेता सभापति शेरबहादुर देउवाको कडा आलोचना र कार्यशैलीको विरोध गरिरहनुभएको छ । तर, उहाँले एक कानले सुनेर अर्को कानले उडाएझैँ गर्नुहुन्छ, लोकतन्त्रको पर्यावाची भनेर चिनिने पार्टी अधिनायकवादको पर्यायवाची भएको हो ? हेर्नोस्, देउवाजीलाई प्रेसर परेको छैन भन्ने पटक्कै होइन । उहाँलाई प्रेसर निकै परेको छ । र, उहाँले जतिसुकै गरे पनि केन्द्रीय समितिको निर्णयअनुसार चाँडोभन्दा चाँडो महासमिति बैठक डाकेर त्यहाँबाट म्यान्डेट लिएर एकदेखि डेढ वर्षभित्रमा अर्ली महाधिवेशन गराउनैपर्छ । त्योभन्दा अर्को विकल्प छैन । केन्द्रीय समितिमा देउवाजी आफैँले महासमितिको बैठक बोलाउने वचन दिनुभएको थियो । तर, अहिलेसम्म बैठक बस्न सकेन नि ? त्यही त मलाई शंका लाग्न थालेको छ । केन्द्रीय समितिमा उहाँकै निर्णयमा महासमिति बैठक बोलाउने भनेर निर्णय भएको हो । उहाँले हाम्रै अगाडि बोलाउँछु भनेर वाचा गर्नुभयो, तर अझै बोलाउनुभएको छैन । एउटा गल्ती हामीले पनि गरेका छौँ । त्यो के भने केन्द्रीय समितिको बैठकमै हामीले महासमिति बैठक बोलाउने मिति तोकेर निर्णय गर्नुपर्ने थियो । महासमिति बैठक नै बस्नुपर्ने अवस्थाचाहिँ किन आयो ? महासमितिको बैठकविना विधान संशोधन हुन सक्दैन । जब महासमिति बैठकपछि मात्र विधान संशोधन गरेर अर्ली अविधेशनमा जाने बाटो खुल्छ । निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि अन्तर्घातीलाई कारबाही गर्नुपर्छ भन्दै तपाईंहरूले चर्को आवाज उठाउनुभएको थियो । अहिले तपाईंकै क्षेत्रका केही अन्तर्घातको आरोप लागेका केही नेता राष्ट्रिय सभा सदस्यका लागि चयन भइसकेका छन्, के अब कारबाहीलाई पुरस्कारमा बदल्नुभएको हो ? हामीले पार्टीले किन हार्‍यो भनेर समीक्षा गरेका छैनौँ । समीक्षा गर्न बाँकी नै छ । महासमितिको बैठकमा त्यसको पनि समीक्षा हुन्छ । कारबाहीमा पर्नेहरू पुरस्कृत होइन, दण्डित नै हुनेछन् । तपाईं पार्टी सभापति देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहनुभएको छ । तपाईंको आसय पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने बुझिन्छ । तर, त्यसले कुनै प्रभाव पारेको छैन । किन सोझै राजीनामा माग्न सक्नुहुन्न ? हेर्नेस्, कांग्रेसलाई विधिअनुसार चलाउनुपर्छ भनेर हामीले पार्टी सभापतिको आलोचना सुरु गरेका हौँ । र, मैले एकैचोटि राजीनामा माग्नु पनि विधिअनुसार हुँदैन र म राजीनामा माग्दिन पनि । हामी चाहन्छाैँ पार्टीले विधिलाई फलो गरोस् । यसैले त महासमितिको बैठक बोलाउन प्रेसर गरिरहेका छौँ । बैठकपछि अर्ली महाधिवेशन गरेर नयाँ लिडर छान्ने हो । त्यसो भए अर्ली महाधिवेशनमा कांग्रेस सभापतिको उम्मेदवार को बन्छ ? तपाईं, शशांक कि सुजाता? जो भए पनि दुईबीच प्रतिस्पर्धा हुने हो, अहिले यो र ऊ भनेर किन भन्नु । पार्टीलाई शुद्धीकरण गराउन भर्खर तीन जिल्ला घुमे । अब अरू जिल्ला पनि धमाधम घुम्दै छु । सबै जिल्ला घुमेपछि निधो होला म सभापतिको उम्मेदवार हुन योग्य छु वा छैन भन्ने । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बनाएर मैदानमा होमिएका एमाले–माओवादीको बहुमत आएको छ । सरकार पनि उनीहरूकै बन्ने निश्चितप्रायः छ । तर, कांग्रेसले माओवादीलाई प्रधानमन्त्रीको ‘ललिपप’ देखाएर सरकारमा सहभागी हुने कसरत गरिरहेको छ भन्ने सुनिन्छ । खास कुरा के हो ? राजनीतिमा सम्भावना बन्द हुँदैन । सधैँ खुला हुन्छ । तर, वर्तमानमा वाम गठबन्धनकै सरकार बन्नुपर्छ भन्ने हाम्रो चाहना हो । किनभने हामीले पाएको जनादेश प्रतिपक्षमा बस्नका लागि हो । यसैले जनादेशअनुसार वाम गठबन्धनको सरकार पहिलो प्राथमिकता हो । अहिले नेपालमा कामचलाउ सरकार छ, अर्को सरकार बन्न कम्तीमा तीन साता बाँकी छ । यस्तो अवस्थामा भारतीय विदेशमन्त्रीको भ्रमण कूटनीतिक प्रचलित मान्यताका हिसाबले मिल्दो देखिँदैन । यसलाई कांग्रेसले कसरी हेरेको छ ? यही त आश्चर्य लाग्दो छ । यो भ्रमण समय सुहाउँदो र कूटनीतिक प्रक्रिया मिल्दो भएन भन्ने मलाई लाग्छ । हुन त वाम गठबन्धनकै सरकार बन्ने निश्चित छ । तर, नयाँ सरकार बनिसकेको त छैन नि । यस्तो वेलामा विशेष दूतले कोसँग कुरा गर्ने ? संसारमा नयाँ सरकार बने पनि विशेष दूतको भ्रमण हुने गरेको छ । तर, हाम्रोमा चाहिँ बन्नुअगाडि नै भएको छ । यो किन र केका लागि भयो भन्ने कुराको चिरफार हुँदै जाला । कांग्रेसनिकट बुद्धिजीवीहरूले कांग्रेस डुब्यो भनेर बडो चिन्ता गरिरहेका छन्, साँच्चै अब कांग्रेस डुबेकै हो त ? कांग्रेस कहिल्यै डुब्दैन र कहिल्यै हार्दैन । जनताले कांग्रेसलाई हराएका छैनन् र अप्ठ्यारोमा पारेका पनि छैनन्, मात्र नेतृत्व गर्नेले अप्ठ्यारामा पारेका हुन् । तर, रचनात्मक आन्दोलन गरेका नेता, कार्यकर्ता, बुद्धिजीवीमार्फत कांग्रेस जोगाउने काम भइरहेको छ । तपाईंहरूले कांग्रेस सच्याउन विधि फलो गर्ने भनेर शुद्धीकरण अभियान चलाइरहेका वेला सभापति देउवाले प्रवक्ता नियुक्त गर्नुभएको छ, यो विधिअनुसार भयो त ? कांग्रेसमा २१ जना कार्य सम्पादन समितिमा छौँ । त्यहीँबाट पदाधिकारीहरू बनाउने भन्ने थियो । यो नियम सभापतिले नै बनाउनुभएको हो । यसैले यो विधिअनुसार भएन, सोझै उल्लंघन नै भएको छ । २१ जनाभित्रैबाट प्रवक्ता नियुक्त गेरको भए वैधानिक हुने थियो । फोरम लोकतान्त्रिक र कांग्रेसबीच निर्वाचनको मुखमै हतार–हतार पार्टी एकता भयो । तर, त्यसअनुसार फल प्राप्त भएन नि, किन होला ? किनभने त्यो हतारको एकता थियो । अर्को एकताको भावलाई दुवै पार्टीले तलसम्म लान पनि सकेनौँ । अर्कोतिर कांग्रेसमा जहिले पनि कचरपचर चलिरहन्छ, फुर्सद कसलाई हुन्छ र । मैले पनि त्योवेला चाहेजसरी ध्यान पु¥याउन सकिनँ, विजयजीले पनि सक्नुभएन । तर, अबचाहिँ म यसबारे चासो दिइरहेको छु । अरूले पनि दिनु जरुरी छ । सम्पत्ति शुद्धीकरण भए विश्व समुदायमा नेपाल अप्ठ्यारोमा पर्ने, नेपालको इमेज ध्वस्त हुनेजस्ता अभिव्यक्ति दिँदै हिँड्नुभएको छ, त्यो कसरी हुन्छ ? सम्पत्ति शुद्धीकरण गर्न दियौँ भने राष्ट्र टाट पल्टन्छ । किनभने हामी युएनको अन्तर्राष्ट्रिय कानुनमा अनुबन्ध भइसकेका छौँ । देशमा आर्थिक, नैतिक संकट थपिन्छ । ‘मनी लन्डरिङ’ विश्वकै संस्था भइसकेको अवस्था छ । यसैले हामी धेरै अप्ठ्यारोमा पर्न सक्छौँ । यसका आफ्नै नैतिक नीति र कानुन छन् । मलाई त अचम्म लाग्छ भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चित केपी ओलीजीले किन सम्पत्ति शुद्धीकरण गर्न एकपल्ट अवसर दिआँै भनेर बोल्नुभएको हो । उहाँले आफ्नो हैसियत ख्याल गर्नुपर्ने थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies