Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

टुंगो लाग्यो मन्त्री कार्यालय र आवास

\"\"हेटौँडा । प्रदेश नं ३ को पहिलो प्रदेशसभा बैठक तयारीको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीका अनुसार बैठक कक्षमा रंगरोगनदेखि मुख्यमन्त्री तथा अन्य कार्यालय तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । माघ १८ गते प्रदेश सभा बैठक तोकिएसँगै व्यवस्थापनमा जुटेका कर्मचारीले तयारीको कार्यलाई तीव्र गति दिएका थिए । पहिलो प्रदेश सभा बैठकका लागि माघ ७ गते प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको संसद् सचिवालयको सभाहललाई व्यवस्थित बनाउनेदेखि अन्य सिङ्गारपटारका काम अहिले अन्तिम चरणमा भइरहेको छ । प्रदेश प्रमुखको कार्यालयका सचिव ज्ञवालीले भने, “११० जना माननीयलाई व्यवस्थित ढंगले राख्न कुर्सी व्यवस्थापन र सभाहल आकर्षक बनाउने काम लगभग सकिएको छ ।” उनले थपे, “रंगरोगनदेखि कार्पेट राख्ने, पर्दा फेर्ने सकिएको छ भोलिसम्मका लागि रोस्टम बनाउनेलगायत काम गर्दैछौँ ।” माघ ७ गते शपथ खुवाउँदा सभाकक्ष व्यवस्थित नभएकाले तस्बीर खिच्नसमेत कठिनाइ भएको सचिव ज्ञवालीले बताए । उनका अनुसार साँघुरो सभाहल र छोटो तयारीमा भएको शपथग्रहणमा सांसदलाई बस्न असजिलो भएको थियो । यसपटक उक्त कक्षको स्वरुप नै परिवर्तन हुने उनले जानकारी दिए । अब निरन्तर संसद् सभाहलमा सभा भइरहने भएकाले यसलाई व्यवस्थित गर्ने काम शुरु भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका प्रमुख सुदीप आचार्यले बताए । उनले भने, “तर संसद् सचिवालयबाट अनुभवी जनशक्ति आई नपुगेकाले कसरी काम गर्ने भन्ने अन्योल छ ।” त्यसैगरी प्रदेशस्तरीय कार्यालय रहने भएपछि केही सरकारी कार्यालय भाडाको घरमा सार्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको छ । प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको जनाइएको छ । मुख्यमन्त्रीको निवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा रहने भएको छ । अख्तियार भने आफ्नै नयाँ भवनमा सर्नेछ । सभामुख र उपसभामुख सडक डिभिजन कार्यालयको कम्प्लेक्समा रहने प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए । प्रदेशका सबै मन्त्रीको सामूहिक निवास भने हेटौँडा सिमेन्ट उद्योगको क्वार्टरमा हुने उनले बताए । मुख्यसचिवको निवास क्षेत्रीय वन कार्यालयको निवासमा हुने भएको छ । तत्काल रहने सात मन्त्रालयका सचिवको सामूहिक निवास भने डिभिजन सडक कार्यालयको कम्प्लेक्समा रहने प्रजिअ बुढाले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies